News Portal

स्वतन्त्र नागरिक समाजको बृहत आमसभा सम्पन्न, ओलीप्रति आक्रोश र वडाध्यक्षहरुलाई दिए वडा बन्द चेतावनी (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३४३ पटक

धरान – धरानको भानुचोकमा स्वतन्त्र नागरिक समाजद्वारा आयोजित बृहत आमसभामा सहभागी कवि, कलाकार र सामाजिक अभियन्ताहरुले एमाले अध्यक्ष केपी ओलीप्रति आक्रोश पोखे भने धरानका वडाध्यक्षहरुलाई वडाकार्यालय बन्द गर्ने चेतावनी दिए । 

स्वतन्त्र नागरिक समाजद्वारा आयोजित बृहत आमसभामा सहभागी भएका सामाजिक अभियन्ता, कवि र कलाकारहरुले एमाले अध्यक्ष केपी ओलीले धराने जनताको अपमान गरेको आरोप लगाउदै घोर आपति जनाएका थिए। साहित्यकार तथा कवि सूर्यबहादुर बसनेतले केपी ओलीप्रति लक्षित व्यंग्यात्मक “धराने जनतामा अपील! र बर्दली बा” दुई वटा चोटिला कविता बाचन गरेर सुनाएका थिए। 

त्यस्तै, धरान उपमहानगरपालिका धरानको कार्यपालिकाको बैठक निरन्तर अबरुद्ध गरिरहेका वडाध्यक्षहरुलाई स्वतन्त्र नागरिक समाजका उपाध्यक्ष दिनेश बान्तावाले फेरी कार्यपालिका बैंठक निरन्तर अबरुद्ध गरिरहे धराने जनताले वडाकार्यालय बन्द गर्न नपरोस् भन्दै चेतावनी दिएका थिए। 

मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हर्क साम्पाङ समुहबाट स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरुले भानुचोकमा आयोजित कार्यक्रममा आफ्नो धोषणा पत्र सहित धारणा राखेका थिए। 

सुनसरी क्षेत्र नं. १ का प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवारका टोली सहित निर्वाचन परिचालन कमिटीका सदस्यहरुको टोलीले भानुचोक केन्द्रित सरसफाई अभियान सहित बजार क्षेत्रमा रहेका सार्वजनिक शौचालयको सरसफाईपछि भानुचोकमा आयोजित बृहत सभामा सहभागी भएका थिए। 

मेयर हर्क साम्पाङले आह्वान गरेका श्रमदान अभियानमा निरन्तर सहभागी हुदै आएका हर्क साम्पाङ समुहका उम्मेदवारहरुले हिजो भानुचोकको चार दिशाबाट भानुचोक केन्द्रित रहेर सफा धरान, सुन्दर धरान बनाउने अभियान अन्तरगत जनचेतना जगाउने उदेश्य सहित सरसफाई गरेको सचेत धराने समुहका सदस्यहरुले  बताए। 

बजार क्षेत्रका घर आगन, पसलहरु अगाडी फोहोर-मैला व्यवस्थापन र विसर्जन गर्न सिकाउदै, फोहोर-मैलाका लागि गार्बेज ब्याग वितरण समेत गरेका निर्वाचन परिचालन कमिटीले बाटोमा फोहोर नफाल्न सचेत गराउदै जरिवानाबाट बचौ र शहर सफा राखौ भन्ने सन्देश समेत प्रवाह गरेका थिए। 

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...

आज २०८२ साल चैत २१ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको स्पष्ट सन्देश: अघिल्लो सरकारका नियुक्तिहरूले राजीनामा दिनुहोस्

काठमाडौँ, चैत २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो सरकारका बेला राजनीतिक सिफारिसका आधारमा...

उपसभामुखबारे छलफल भएको छैन : रवि लामिछाने

काठमाडौं, चैत २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख चयनबारे हालसम्म...