News Portal

हर्क साम्पाङ समुहका स्वतन्त्र उम्मेदवारले गरे सडक र शौचालय सफाई (भिडियोसहित)

हिमालीसंचार संवाददाता
४६५ पटक

धरान – आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हर्क साम्पाङ समुहबाट स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरुले भानुचोक बजार क्षेत्रमा सरसफाई गरेपछि भानुचोकमा आयोजित चुनावी आमसभा गरेका छन्। 

सुनसरी क्षेत्र नं. १ का प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवारका टोली सहित निर्वाचन परिचालन समितिका सदस्यहरुको टोलीले रागा चोकदेखि भानुचोकसम्म, सदन स्कुलदेखि भानुचोकसम्म, छाता चोकदेखि भानुचोकसम्म र राजेश पेट्रेल पम्पदेखि भानुचोकसम्म र बजार क्षेत्रमा रहेका सार्वजनिक शौचालयको सरसफाईपछि भानुचोकमा आयोजित चुनावी सभामा सहभागि भएका थिए। 

मेयर हर्क साम्पाङले आह्वान गरेका श्रमदान अभियानमा निरन्तर सहभागी हुदै आएका हर्क साम्पाङ समुहका उम्मेदवारहरुले आज भानुचोकको चार दिशाबाट भानुचोक केन्द्रित रहेर सफा धरान, सुन्दर धरान बनाउने अभियान अन्तरगत जनचेतना जगाउने उदेश्य सहित सरसफाई गरेको उम्मेदवारहरुले बताए। 

बजार क्षेत्रका घर आगन, पसलहरु अगाडी फोहोर-मैला व्यवस्थापन र विसर्जन गर्न सिकाउदै, फोहोर-मैलाका लागि गार्बेज ब्याग वितरणसमेत गरेका निर्वाचन परिचालन कमिटीले बाटोमा फोहोर नफाल्न सचेत गराउदै जरिवानाबाट बचौ र शहर सफा राखौ भन्ने सन्देशसमेत प्रवाह गरेका थिए।

 

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...