News Portal

भूमिहिनको समस्या समाधान गर्ने नेता शाक्यको योजना

हिमालीसंचार संवाददाता
४५७ पटक

सुर्खेत। सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा (क) वाम लोकतान्त्रिक गठबन्धन प्रत्यक्ष तर्फका उम्मेदवार कालिप्रसाद शाक्य यतिखेर चुनावी मैदानमा छन्। शाक्यले जिल्लामा रहेको भूमिहिनको समस्यालाई प्रमुख एजेण्डाको रुपमा उठाउने बताएका छन्।

यस अघि सुर्खेतको सुकुम्बासी समस्या समाधान आयोग अध्यक्षसमेत भएका शाक्यले भूमिहिन, सुकुम्बासी समस्या पूर्ण रुपमा व्यवस्थापन गर्ने आफुसंग योजना रहेको बताएका छन्। कर्णाली प्रदेशका १० जिल्ला मध्ये सुर्खेतका भूमिहिन, सुकुम्बासीको समस्या अत्याधिक छ।

साथै उनले वीरेन्द्रनगर उपत्यकाको ढल व्यवस्थापन सहितको परियोजना सञ्चालन गर्ने, कोहलपुर–सुर्खेत १ सय ३२ केभि प्रशारणलाईन निर्माणलाईसमेत आफ्नो प्रमुख ध्यान केन्द्रित हुने बताएका छन्।

आफ्नो निर्वाचन क्षेत्रमा रहेको खानेपानीको समस्या, फोहोर व्यवस्थापन, युवाहरुलाई रोजगार, पर्यटक, कृषिबाली प्रवद्र्धन गर्नको लागि आफुलाई निर्वाचित गराउन शाक्यले आग्रह गरेका छन्।

कांग्रेस नेता शाक्यसंगै नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेल चुनावी मैदानमा छन्। यस अघि निर्वाचित भएर कंडेलले आफ्नो क्षेत्रको लागि केहि पनि गर्न नसकेको भन्दै शाक्यले यस पटक आफुलाई निर्वाचित गराउन मतदातालाई आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...