News Portal

रामेछापमा चुनावको नजिकै गर्दा काङ्ग्रेस तथा माओवादीका नेता कार्यकर्ता एमालेलेमा प्रवेश

हिमालीसंचार संवाददाता
२६४ पटक

रामेछाप – रामेछापमा चुनावको मुखमा लिखु तामाकोसी गाउँपालीका वडा नम्बर – ५ नागदहका समाजसेवी एंव व्यवसायी नेपाली काङ्ग्रेसका युवा नेता राकेश तामाङ सहित विभिन्न पार्टी परित्याग गरी सयौँ नेता कार्यकर्ता नेकपा एमालेलेमा प्रवेश गरेका छन्।

नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौ कोटेश्वर स्थित होटल ए वान भेन्युमा आज आयोजना गरेको काठमाडौं बस्ने रामेछापवासीको वृहत् जनसभामा काङ्ग्रेस तथा माओवादीका नेता कार्यकर्ता र अन्य पार्टीका नेता कार्यकर्ता गरि ३ सय ५० भन्दा बढी एमालेमा प्रवेश गरेको पार्टी जिल्ला कमिटी उपसचिव प्रकाशकुमार कार्कीले जानकारी दिनुभयो ।

नवप्रवेशीहरुलाई पार्टी स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश कमिटी इन्चार्ज काशीनाथ अधिकारी, पोलिटब्युरो सदस्य कमल चौलागाईं, रामेछापबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कैलाशप्रसाद ढुङ्गेल पार्टी केन्द्रिय सदस्य माधव ढुङ्गेल, गीता कार्की, रामेछाप क प्रदेश उम्मेदवार शान्तिप्रसाद पौडेल, प्रदेश सभा ख का उम्मेदवार मिलनकुमार घिसिङ लगायतले पार्टीमा स्वागत गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...