News Portal

रामेछापमा चुनावको नजिकै गर्दा काङ्ग्रेस तथा माओवादीका नेता कार्यकर्ता एमालेलेमा प्रवेश

हिमालीसंचार संवाददाता
३१७ पटक

रामेछाप – रामेछापमा चुनावको मुखमा लिखु तामाकोसी गाउँपालीका वडा नम्बर – ५ नागदहका समाजसेवी एंव व्यवसायी नेपाली काङ्ग्रेसका युवा नेता राकेश तामाङ सहित विभिन्न पार्टी परित्याग गरी सयौँ नेता कार्यकर्ता नेकपा एमालेलेमा प्रवेश गरेका छन्।

नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौ कोटेश्वर स्थित होटल ए वान भेन्युमा आज आयोजना गरेको काठमाडौं बस्ने रामेछापवासीको वृहत् जनसभामा काङ्ग्रेस तथा माओवादीका नेता कार्यकर्ता र अन्य पार्टीका नेता कार्यकर्ता गरि ३ सय ५० भन्दा बढी एमालेमा प्रवेश गरेको पार्टी जिल्ला कमिटी उपसचिव प्रकाशकुमार कार्कीले जानकारी दिनुभयो ।

नवप्रवेशीहरुलाई पार्टी स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश कमिटी इन्चार्ज काशीनाथ अधिकारी, पोलिटब्युरो सदस्य कमल चौलागाईं, रामेछापबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कैलाशप्रसाद ढुङ्गेल पार्टी केन्द्रिय सदस्य माधव ढुङ्गेल, गीता कार्की, रामेछाप क प्रदेश उम्मेदवार शान्तिप्रसाद पौडेल, प्रदेश सभा ख का उम्मेदवार मिलनकुमार घिसिङ लगायतले पार्टीमा स्वागत गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...