News Portal

एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिमका तीन स्थानको चुनावी सभालाई सम्बोधन गर्ने

हिमालीसंचार संवाददाता
२६५ पटक

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न आज शनिबार सुदूरपश्चिम प्रदेश जाने कार्यक्रम रहेको छ ।  गत कात्तिक १८ गते दार्चुलाबाट चुनावी सभाको सुरुवात गरेका ओली हिजो पुर्वाञ्चलको धरानमा सम्बोधन गरेका थिए। उनी धरानको सम्बोधनपछि सुदूरपश्चिम जान लागेका हुन् ।

नेकपा (एमाले) सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार ओलीले आज सुदूरपश्चिमका विभिन्न तीन स्थानका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताए । अध्यक्ष ओलीले बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए।

शीर्ष नेताहरुले आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनका लागि मुलुकका विभिन्न स्थानमा चुनावी सभालाई सम्बोधन गरिरहेका छन्।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...