News Portal

धरानका मेयर साम्पाङले एमाले अध्यक्ष ओलीलाई फर्काए जबाफ

हिमालीसंचार संवाददाता
४६३ पटक

धरान – धरानका मेयर हर्क साम्पाङले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई तुरुन्तै तिखो जबाफ फर्काएका छन्।

नेकपा (एमाले) र जसपा नेपालले संयुक्त रुपमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न धरान आइ पुगेका अध्यक्ष ओलीले कोशीको पानी एमालेले धरानमा ल्याउने बताएका थिए। अझ उत्साहित हुदै मंसिर ४ पछि लगत्तै आयोजना सुरु गर्ने समेत बताएका अध्यक्ष ओलीलाई मेयर साम्पाङले जबाफ फर्काएका हुन् । 

अध्यक्ष ओलीले आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भनेका थिए; “धरानमा राष्ट्रिय बजेट राष्ट्रिय योजना चाहिन्छ। एमालेको सरकार चाहिन्छ। नगरको बजेटले त्यो हुन्छ त ? नगरको बजेटले त्यो हुदैन। म केहि भन्दिन अब छान्ने बेला आखा देख्नु भएन। मंसिर ४ पछि काम शुरु गर्ने छौ। आयोजना अधि बढाउने छौ।”

मेयर साम्पाङले जबाफमा सामाजिक संजाल फेसबुक पेज मार्फत तिखो जबाफ फर्काएका छन्। “ग्यासको पाइप घर घरमा पुराएर पानी जहाजमा नेपालीलाई शयर गराउनेले कोशीको पानी ल्याउने गफ दिएछ ! म ल्याउँछु पानी कोशीको ! धेरै चुनौती नदिंदा हुन्छ हाउडेले!”

हाउडेको संज्ञा दिदै जबाफ फर्काएका मेयल साम्पाङले  पुनः दुई धण्टापछि थप कडा प्रतिक्रिया दिएका छन्। “उभिएर भाषण सम्म गर्न नसक्नेले हर्क साम्पाङलाई चुनौती दिएर गएछ ! कठै बरा… गफाडी ! उसको घरको उसको व्यक्तिगत कमाइ जस्तो गर्दो रैछ ! राष्ट्र के हो भन्ने सम्म नबुझ्ने अन्पढले राष्ट्रिय बजेटको कुरा गर्ने ? गोज्याङ्ग्रा” मेयर साम्पाङले अध्यक्ष ओलीलाई थप व्यग्यात्मक कडा टिप्पणी सहितको जबाफ दिएका हुन्।

धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न धरान आएका ओलीले धरानबासीलाई कटाक्ष गर्दै त्यस्तो आरोप लगाए लगत्तै मेयर साम्पाङले कडा जबाफ फर्काएका हुन्। स्थानीय तहको निर्वाचनमा एमालेकी केन्द्रीय सदस्य समेत रहेकी मञ्जु भण्डारीलाई स्वतन्त्र उम्मेदवार साम्पाङले करिब ८ हजार मतान्तरले पराजीत गरेका थिए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...