News Portal

धरानमा कोशीको पानी ल्याएर धरानबासीलाई खुवाउछौं, मंसिर ४ पछि आयोजना शुरु गर्छौः ओली

हिमालीसंचार संवाददाता
२७४ पटक

धरान – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न धरान आए। उनले सभालाई सम्बोधन गर्दै धरानमा कोशीको पानी पम्पिङ गरेर धरान ल्याउने बताए।

आज धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘यहाँका मेयरलाई खानेपानी ले, खानेपानी ले भनेर कतिवटा घैला बोकुन विचरा? क-कसको घरमा खानेपानी पुर्‍याउने?’ भन्दै धरानमा कोशीको पानी ल्याउन राष्ट्रिय बजेट र नेकपा एमालेको सरकार चाहिने बताए। 

अध्यक्ष ओलीले ‘कोशीबाट पम्पिङ गरेर पानी ल्याएर एमालेले धरानवासीलाई पानी खुवाउँछ, तपाईंहरू ढुक्क हुनुस्। थप उनले भने; ‘नगरको बजेटले त्यो आयोजना हुन्छ त? हुँदैन। तर म केही भन्दिनँ, छान्ने बेला आँखा देख्नुभएन।’ उनले स्थानीय तहको निर्वाचन तर्फ इंकित गरे। 

स्थानीय तहको निर्वाचनमा धरान आएका अध्यक्ष ओलीले धरानको विकासको जिम्मा आफुले लिने बताएका थिए। तर, अत्याधिक अभिमतले धराने जनताले स्वतन्त्र उम्मेदवार चयन गरे। 

आज धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिर ४ पछि खानेपानीको आयोजना सुरू गरेर काम गर्ने बताए। उनले थप भने ‘त्यत्रो कोशी त्यहाँबाट बग्छ धरान काकाकुल हुने कसरी मिल्छ? धरानमा पर्याप्त खानेपानी ल्याउने उनको भनाई थियो। 

टनेलबाट मेलम्चिको जस्तो गरी पानी ल्याउ सकिन्छ। चाहे डाडा कटाएर होस् चाहे डाडा छेडेर होस् जसरी भए पनी धरानलाई पर्याप्त पुग्ने गरी खुवाउछौ हामी। पानी खुवाउछौ मात्र होइन यहा छेउका खोला बग्ने गरी, कहिले पनी सुक्का नहुने गरी पानी आउछ धरानमा। उनी यसरी अधिकंश समय खानेपानीमा केन्द्रित भए। 

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...