News Portal

मनोजकुमार म्याङ्बोले हाम्रो पाटी नेपालसंग सम्झौता भंग ग-यो

हिमालीसंचार संवाददाता
२५१ पटक

धरान – नेकपा (एमाले) नेतृत्वले गरेको गठबन्धनको निर्णय पश्चात चरम असन्तुष्ट जनाएका मनोजकुमार म्याङ्बोले एमाले पाटीबाट बिद्रोह गरी सुनसरी क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गरेका म्याङ्बोले हाम्रो पाटी नेपाल (लौरो) संग चुनावी तालमेल सम्झौता भंग गरेका छन्।

गत बिहिबार मेन्याङ्बोले प्रेस विज्ञप्ति जारी गर्दै चुनाव चिह्न “लौरो” संग भएको उक्त पाटीसंगको सम्झौता भंग गरेको घोषणा गरेका हुन् । उक्त पाटीसंग प्रत्यक्षमा “खरायो” चुनाव चिन्हमा भोट माग्ने र समानुपातिकतर्फ “लौरो”  चुनाव चिन्हमा भोट माग्ने लिखित सम्झौता गरेका थिए । उक्त सहमति गरेपछि एमाले असन्तुष्ट पक्षले मेन्याङ्बोको निर्णय विरुद्ध आन्तरिक रुपमा असन्तुष्ट जनाएका थिए। 

म्याङ्बोद्वारा जारी विज्ञप्तिमा भनिएको छ “मेरो उम्मेदवारीलाई सधाउने भनी “हाम्रो पाटी नेपाल” संग सम्झौता गरेको भएपनी आफ्नो समानुपातिक उम्मेदवारसंग मलाई जोडेर आफ्नो मात्र फाइदा पुग्ने गरी चुनावी प्रचारमा संलग्न भएको देखिएकाले आजैदेखि उक्त पाटी र चुनाव चिन्हसंग कुनै सम्बन्ध नरहने गरी सम्झौता भंग गरेको समेत धोषणा यसै विज्ञप्ति मार्फत गर्न चाहान्छु।” 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...