News Portal

  • असन्तुष्ट नेता सिंह काँग्रेसका पुर्ण बहादुर खड्कालाई भोट माग्दै

    हिमालीसंचार संवाददाता
    ५९८ पटक

    सिम्ता, सुर्खेत। नेपाली काँग्रेस सुर्खेतका पुर्व जिल्ला उपसभापति टेक बहादुर सिंह पार्टीका उम्मेद्वारलाई भोट माग्न थालेका छन्।

    सुर्खेत क्षेत्र नम्बर १(क)बाट प्रदेशसभा सदस्य उम्मेदवारका आकाङ्क्षीसमेत रहेका नेता सिंह पार्टी नेतृत्वसंग असन्तुष्टि जनाउदै चुनावी अभियानमा लागेका थिएनन्। नेता सिंह टिकट वितरणमा अन्याय भएको भन्दै पार्टीका केन्द्रीय उपसभापति पूर्ण बहादुर खड्कासंग रुष्ट थिए।

    हिजो सोमबार नेपाली काँग्रेसले सिम्ता गाऊँपालिकाको वडा नम्बर २ काफलकोटमा आयोजना गरेको चुनावी कार्यक्रममा उपस्थित भएर सिंहले रुखमा भोट माग्दै प्रतिनीधि सभा सदस्यका उम्मेद्वार उनै पुर्ण बहादुर खड्का र प्रदेशसभा सदस्यका उम्मेद्वार खड्ग बहादुर पोखरेललाई जिताउँन आह्वानसमेत गरे।

    नेता सिंह चुनावी अभियानमा लागेसंगै नेताकार्यकर्तामा उत्साह थपिएको स्थानीय नेता गंगाराम सापकोटाले हिमालीसंचारलाई बताए।

    नेपाली काँग्रेस सुर्खेतका पुर्व जिल्ला उपसभापतिसमेत रहेका नेता सिंह २०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्य उम्मेद्वार थिए। उनलाई तत्कालीन वाम गठबन्धनका उम्मेद्वार ठम्मर विष्टले झिनो मतान्तरले पराजित गरेका थिए। एमालेका विष्ट र काँग्रेसका पोखरेलविच प्रतिस्पर्धा हुदैछ।

    काँग्रेस नेता भिम बहादुर मल्ल(वशन्त)ले नेता सिंहको लागि यो उपयुक्त मौका रहेको बताए। यसपटक पार्टीका उम्मेद्वारलाई जिताएर प्रतिद्वन्द्वी हराउने ऐतिहासिक अवसरको सदुपयोग गर्नुपर्छ, उनले भने।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    अधिवेशनको तयारी अन्तिम चरणमा, युवा शक्ति कुवेत

    कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं“ भन्ने नाराको साथ गठन भएको युवा...

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...