News Portal

असन्तुष्ट नेता सिंह काँग्रेसका पुर्ण बहादुर खड्कालाई भोट माग्दै

हिमालीसंचार संवाददाता
६८६ पटक

सिम्ता, सुर्खेत। नेपाली काँग्रेस सुर्खेतका पुर्व जिल्ला उपसभापति टेक बहादुर सिंह पार्टीका उम्मेद्वारलाई भोट माग्न थालेका छन्।

सुर्खेत क्षेत्र नम्बर १(क)बाट प्रदेशसभा सदस्य उम्मेदवारका आकाङ्क्षीसमेत रहेका नेता सिंह पार्टी नेतृत्वसंग असन्तुष्टि जनाउदै चुनावी अभियानमा लागेका थिएनन्। नेता सिंह टिकट वितरणमा अन्याय भएको भन्दै पार्टीका केन्द्रीय उपसभापति पूर्ण बहादुर खड्कासंग रुष्ट थिए।

हिजो सोमबार नेपाली काँग्रेसले सिम्ता गाऊँपालिकाको वडा नम्बर २ काफलकोटमा आयोजना गरेको चुनावी कार्यक्रममा उपस्थित भएर सिंहले रुखमा भोट माग्दै प्रतिनीधि सभा सदस्यका उम्मेद्वार उनै पुर्ण बहादुर खड्का र प्रदेशसभा सदस्यका उम्मेद्वार खड्ग बहादुर पोखरेललाई जिताउँन आह्वानसमेत गरे।

नेता सिंह चुनावी अभियानमा लागेसंगै नेताकार्यकर्तामा उत्साह थपिएको स्थानीय नेता गंगाराम सापकोटाले हिमालीसंचारलाई बताए।

नेपाली काँग्रेस सुर्खेतका पुर्व जिल्ला उपसभापतिसमेत रहेका नेता सिंह २०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्य उम्मेद्वार थिए। उनलाई तत्कालीन वाम गठबन्धनका उम्मेद्वार ठम्मर विष्टले झिनो मतान्तरले पराजित गरेका थिए। एमालेका विष्ट र काँग्रेसका पोखरेलविच प्रतिस्पर्धा हुदैछ।

काँग्रेस नेता भिम बहादुर मल्ल(वशन्त)ले नेता सिंहको लागि यो उपयुक्त मौका रहेको बताए। यसपटक पार्टीका उम्मेद्वारलाई जिताएर प्रतिद्वन्द्वी हराउने ऐतिहासिक अवसरको सदुपयोग गर्नुपर्छ, उनले भने।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...