News Portal

मोरङमा राष्ट्रिय प्रजातन्त्र पाटीको चुनावी माहोल तात्यो

हिमालीसंचार संवाददाता
३१० पटक

रबिन्द्र बराल/मोरङ – मोरङको क्षेत्र नम्वर ५ मा राष्ट्रिय प्रजातन्त्र पाटीले आफ्नो सुचावी सभालाई आक्रमक रुपमा अगाडि बडाएको । रंगेली नगरपालिका ७ स्थित काली मंन्दिरको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गर्दे राप्रपाले आफ्नो चुनावी अभियानलाई अगाडि बढाएको हो।

प्रतिनिधि सभाका लागि राष्ट्रिय प्रजातन्त्र पाटीको तर्फबाट मोरङ क्षेत्र नम्बर ५ बाट रेवत बहादुर थापालाई पाटीले टिकट दिएपछि आफ्नो निर्वाचन क्षेत्रमा थापाले प्रचारप्रसारलाई थप निरन्तरता दिएका हुन । कार्यक्रममा क्षेत्र नम्वर  ५ का संधीय उमेदवार रेवतबहादुर थापा, क्षेत्र नम्वर ५(क) का समानुपातिक उम्मेदवार चन्देश्वर शर्मा तथा मोरङ क्षेत्र नम्वर २का संघीय उम्मेदवार  गोपाल दाहाल, रंगेलीका श्याम मुरारी अग्रवाल, एकराज वस्नेत,  लगायतको समेत उपस्थिति रहेको थियो। अहिले राप्रपा समेत चुनावी धोषणा पत्र लिएर प्रचारप्रसारमा होमिएकाछन । 

मोरङको निर्वाचन क्षेत्र ५ का मतदातालाई राप्रपाले उमेदवारहरुलाई  यसपटक’ हलो छापमा मतदान गर्ने सबैलाई आग्रह समेत गरेका छन ।  मोरङ क्षेत्र नम्बर ५ मा विराटनगरको वडा नम्बर  १३ देखि १८ सम्मका वडाहरु रहेका छन । जहदा गाउँ पालिका,  धनपालथान गाउँपालिका र  रंगेली नगरपालिकाको वडा नम्बर  ४,५,६ र ७ का मतदाताहरुको घर आँगनमा पुगेर मतदाताहरुलाई विकासको लागि अगाडि बड्ने प्रतिव्यता राप्रपाले गरिरहेको छ । 

कार्यक्रममा सहभागीहरुले भ्रष्टचारको अन्त्य गर्न , भ्रष्टचारीलाई कारवाही गर्न, राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृतिको अभिभाकत्व एवं संरक्षणत्वको लागि राज संस्था सहितको प्रजातन्त्र कायम गर्ने कृषिलाई प्राथमिकतामा राखी उत्पादन वृद्धि गर्न मल बिउ बिजन, सिंचाइ र बजारीकरणको व्यवस्था गर्न स्वास्थ्य क्षेत्रमा  टेक्नीकल शिक्षाको व्यवस्थापन गर्ने , आफ्नै देशमा  रोजगारीको लागि व्यवस्थापन गराउने  लगायतका कुरा पूरा गर्ने प्रतिबद्धता सभाबाटै उद्धधोध गरेका छन ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...