News Portal

  • स्याङ्जा सहयोग समाज कुवेतले चलाएको एम्बुलेन्स आर्थिक सहयोगमा अभियान्ता बि बि मल्ल ठकुरी

    हिमाली संचार संवाददाता
    ७०९ पटक

    जुलाई २४, कुवेत। लोकगीतको खानी भनेर स्याङ्जा जिल्लालाई चिनिन्छ भन्दा दुई मत नहोला। साँच्चै स्याङ्जा जिल्लामा लोकगीतका अनगिन्ती हस्तीहरु जन्मेका छन् । जस मध्य बि बि मल्ल ठकुरी पनि एक हुन् ।

    विक्रम संम्वत २०३९ साल स्याङ्जा जिल्लाको हरिनास गाउँ पालिका वडा नंम्बर ४ मा जन्मेका बि बि मल्ल ठकुरी सानै देखि संगितमा रुचि गर्दथे। विद्यालय र गाउँ घरमा हुने कार्यक्रममा सधै अग्रसर हुने बि बि मल्ल ठकुरीको साँङ्गेतिक यात्रा भनी विक्रम संम्वत २०६५ साल देखि शुरु भएको हो। विगत एक दशक देखि कुवेतलाई आफ्नो कर्म थलो बनाउदै आएका ठकुरीले कुवेतमा छुट्टै आफ्नो पहिचान बनाउन सफल भै सकेका छन् ।आफ्नो डियूटीको व्यस्ता संगसंगै पनि सामाजिक कार्य साथै संगितलाई हातेमालो गदै अगाडी बढ्न सफल भएका छन् ।

    आफुलाई लोक पप गायक भन्न रुचाउने बि बि मल्ल ठकुरी एक सामाजिक अभियन्ता पनि हुन। उनी लालीगुराँस साँस्कृतिक परिवार नेपाल कुवेतका संरक्षक, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतका संरक्षक, दर्शन ठकुरी समाज कुवेतका संरक्षक र स्याङ्जा सहयोग समाज कुवेतका संरक्षक पनि हुन् ।

    गायक बि बि मल्ल ठकुरीको बाल्यकाल गाँउले परिवेशमा बितेको हुँदा अझै पनि उक्त गाउँ ठाउँ बिकासको पछाडी परेको बताउँछन्।गाउँमा बिरामी हुँदा कतिपय बिरामीहरु समयमा यातायातको सुविधा नहुदा अकालमा नै मृत्युु भएको आफुले प्रत्यक्ष देखेको तितो स्मरणीय गदै केही हदसम्म भए पनि दुखेको घाउमा मलम लगाउनको लागि स्याङ्जा सहयोग समाज कुवेतले चलाएको एम्बुलेन्स आर्थिक सहयोग अभियानमा बि बि मल्ल ठकुरी एकल साँझ कार्यक्रम गरि उक्तबाट उठेको सहयोग आफ्नो गृह जिल्लामा एम्बुलेन्स हस्तान्तरण गर्न लागेको र अहिलेसम्म देश तथा विदेशबाट सहयोगको अपेक्षा दिएको उनी बताउँछन् ।

    सहयोगी दाताहरुलाई धन्यवाद दिदै कुवेतमा रहनु भएका विभिन्न संघ, संस्था र समाजका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, कलाकार र खेलाडी साथीहरु लाई उक्त कार्यक्रममा पाल्नु भै कार्यक्रम सभ्य र भव्य रुपमा सफल बनाउन हुन समेत अनुरोध गरेका छन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २८ गतेको राशिफल

    आज मंसिर २८, २०८२ (डिसेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल मंसिर २७ गतेको राशिफल

    आज मंसिर २७, २०८२ (डिसेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न कति जनाले निःशुल्क सेवा लिए

    कुवेत– कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ७५० जनाको लक्ष्य भए पनि २०० जनाले...

    निःशुल्क स्वास्थ्य क्याम्पमा हिमालयन रेस्टुरेन्ट हाउसको सहयोग

    कुवेत – कुवेतमा नेपाली समुदायबीच लोकप्रिय हुँदै गएको हिमालयन हाउस ले प्रशंसनीय सामाजिक उत्तरदायित्व प्रदर्शन...

    रास्वपा कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस

    कुवेत – कुवेतस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभागले वरिष्ठ सल्लाहकार रजु कार्कीलाई १० प्रतिशत...