News Portal

कञ्चनपुरको आमसभामा जब भीम रावलको नाम गुञ्जियो केपी ओलीले यस्तो दिए जवाफ

हिमालीसंचार संवाददाता
२८५ पटक

कञ्चनपुर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दार्चुलाबाट आसन्न चुनाव लक्षित अभियानको उद्घाटन गरे। दार्चुला र बैतडीका कार्यकर्तालाई सम्बोधन गरेर शुक्रबार दिउँसो ओली कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आयोजित सभालाई सम्बोधन गर्न पुगे।

ओलीको भाषण सुन्न बिहानैदेखि महेन्द्रनगर खुलामञ्चमा मानिसहरुको भिडभाड थियो। ओली डडेल्धुरामा कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्ललाई समर्थन रहेको भनेर कार्यकर्ताहरुलाई सम्झाइरहेका थिए।

‘पार्टीविरोधी कुनै पनि उम्मेदवारलाई समर्थन गर्दैनौँ, केन्द्रको निर्णय अक्षरश पालना गर्नुपर्छ,’ ओली भनिरहेका थिए। यसै क्रममा दर्शकदीर्घाबाट आवाज आयो– भीम रावल…!

अनि ओलीले त्यतैतिर फर्केर भने, ‘भीम रावलको तपाईहरुलाई कति चिन्ता ? ०४८ सालदेखि खादैहुनुहुन्छ, बुढो भइसक्नु भयो… अरुलाई मौका दिनुपर्दैन? एउटै भीम रावल, भीम रावल.. थुप्रो रावलहरु छन् नि सुदूरपश्चिममा, थुप्रो रावलहरुलाई अगाडि लैजानुछ…।’

ओलीसँग १० औँ महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरेका नेता रावलले यसपटक अछाम १ मा टिकट पाएनन्। उनको टिकट खोसेर ओलीले त्यहाँ माओवादी पृष्ठभूमिका झपट बोहरालाई उम्मेदवार बनाएका छन्।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...