News Portal

केपी ओलीको गलत निर्णयले धादिङमा एमाले सून्य, स्वतन्त्रकाे माहाेल बन्दै

हिमालीसंचार संवाददाता
४१७ पटक

धादिङ। जसपा, राप्रपा देखि कमल थापा र स्वतन्त्रलाईसमेत समेटेर निर्वाचनमा हामिएको एमाले गलत सूचना र विवादित पात्रलाई टिकट दिँदा धादिङमा प्रतिनिधि सभा र प्रदेश सभा गुमाउने अवस्थामा पुगेको छ।

जिल्लामा पार्टीका प्रभावशाली नेता नेत्रराज पौडेलले प्रदेश सभा १(१) मा स्वतन्त्र उम्मेद्वारी दिएपछि अहिले जिल्लाका संस्थापक नेतादेखि स्थानीय कार्यकर्तासमेत पौडलको पक्षमा भोट माग्दै घर दैलो अभियानमा छन्।

पार्टीको आधिकारिक उम्मेद्वार रमेश आचार्यले घर दैलोमा हिंडने कार्यकर्तासमेत पाएका छैनन्। प्रतिनिधिसभाका उममेद्वार भुमि त्रिपाठीको साथ लागेर गाउँ डुलेपनि आचार्यको पक्षमा कार्यकर्ता छैनन्। आचार्यलाई साथमा लिएर हिँडेकै कारण त्रिपाठीकोसमेत भोट घटने खतरा छ।

अहिले आचार्यका लागि पार्टीले दिएको टिकट निल्निु न ओकेल्नुको अवस्थामा पुगेको छ। पार्टीको अभियानमै भएका नेता भेट्दा पनि सकारात्मक टिप्पणी नपाउँदा उनी विक्षिप्त अवस्थामा पुगेका छन्। चुनाव हुन तीन हप्ता बाँकी हुँदा मतदाताको विचमा गएर भन्न थालेका छन् ‘मेरो उम्मेदवार हुने चाहना थिएन माथिबाट पार्टीले दियो अब सहयोग गर्न पर्यो।’

राष्ट्रपतिको सिफारिसमा टिकट

आचार्यले आफ्नो उम्मेदवार हुने चाहना थिएन भने पनि राष्ट्रपति विद्याभण्डारीको ज्याक लगाएर उनले टिकट लिएको चर्चा एमाले वृत्तमा ब्यापक छ।

नेकपा विभाजनपछि निस्क्रिय बसेका पौडेललाई उम्मेदवार बनाउनकै लागि महासचिव शंकर पाखरेलले पौडेललाई चुनावमा उठाउनकै लागि पार्टी कार्यालय च्यासल बोलाएर छलफल गरेपछि पौडेल सक्रिय भएका थिए।

शंकर पोखरेल र विष्णु रिमालकै आग्रहमा सक्रिय हुन तयार भएका पौडेललाई पार्टीको तल्लो कमिटीले एक नम्बरमा सिफरिस गरेर पठाएको थियो। सिफारिस गर्ने अन्तिम निकाय पार्टीको बागमती प्रदेश कमिटिलेसमेत एक नम्बरमा सिफारिस गरेर पठाएको नाम कुनै रद्दिको टोकरीमा थन्क्याएर पार्टी अध्यक्षले हुकुमी शैलिमा आचार्यलाई टिकट दिएपछि कार्यकर्ता रुष्ट बनेका थिए।

आचार्यले टिकट पाएपछि निर्णय सच्याउन दवाव दिन बालकोट पुगेका एमाले संस्थापक नेता जगन्नाथ नेपालसहित सो क्षेत्रका नेतालाई पार्टी अध्यक्ष ओलीले भने ‘नागढुंगाबाट दुरविन लगाएर हेरेको छु धादिङमा कुनै समस्या छैन सबै हराभरा छ। तपाईहरु पाटीको निर्णय मान्नुस्।’

४० वर्षदेखि समन्वयकारी नेताको छवि बनाएका पौडेल कुनै विवादमा तानिएका छैनन्। मावी शिक्षकको स्थायी जागिर छाडेर २०५४ मा जिविस सदस्य भएका पौडेल त्यसपछि संसदीय मोर्चाको नेतृत्व गर्न पाएका छैनन्। नेकपा हुँदा जिल्ला अध्यक्ष रहेका उनी पार्टी फुटमा असन्तुष्ट बनेर निष्क्रिय बसेका थिए।

एमालेमै रहँदा पनि सबै पार्टीसंग समदुरी कायम गरी समन्वयकारी नेताको छवी बनाएका पौडेल एकीकिृत कम्युनिष्ट पार्टीको जिल्ला अध्यक्ष हुँदा माओवादी केन्द्र र नेकपा समाजवादीका नेता कार्यकर्ताले नजिकबाट चिन्ने मौका पाएका थिए। वौद्धिक, इमान्दार, त्याग, स्वच्छ छवि र योजना निर्माणमा दख्खल भएका नेता भएकाले सबै कम्युनिष्टले पौडेललाई साथ दिएका छन।

गठबन्धनका कारण बाहिर खुल्न नमिलेपछि पौडेललाई आन्तरिक वातावरण तयार गर्न काँग्रेस कम्युनिष्ट केही नभनी लागेका छन्। तर उनीहरु बाहिर देखिन र बोल्न भने चाहँदैनन्।

नेत्रको लोकप्रियता र प्रभावशाली नेता कार्यकर्ताको साथले दिनदिनै आकर्षण बढिरहेको थाहा पाएपछि एमाले बागमतीका नेताहरुसमेत धादिङलाई ध्यान दिन आग्रह गर्दै बालकोट धाइरहेका छन् । सह इञ्चार्ज आनन्द पोखरेल र प्रदेश अध्यक्ष केशव पाण्डे बालकोट पुगेर धादिङको बारेमा अवगत गराएका छन्।

शुरुमा टिकट दिँदा जे अपेक्षा थियो त्यसको विपरित नतिजा देखिन थालेपछि ओली स्वयं निर्णय पुनर्विचार गर्नेमा पुगेको स्रोतले बतायो। प्रदेशमा एक नबनाउने हो भने प्रतिनिधिसभा समेत अप्ठ्यारोमा परेको प्रदेशको रिर्पोटिङपछि ओलीले झापाबाट फर्केपछि धादिङको व्यवस्थापनमा ध्यान दिने आश्वासन दिएको स्रोतको भनाई छ।

खेम लोहनीको बदमासी

जिल्ला इञ्चार्जसमेत रहेका क्षेत्र नम्बर २ का उम्मेद्वार खेम लोहनी भने आचार्यलाई नै टिकाउनु पर्ने अभियानमा छन्। आफ्नो क्षेत्रमा आफु कमजोर भएपछि अर्को क्षेत्रमा पनि एमालेलाई कमजोर देखाउनका लागि लोहनीले आचार्यलाई टिकट दिलाउन पहल गरेका थिए। नेकपा हुँदा एक हजार भाेटले जितेका लाेहनी अहिले कमजाेर उम्मेदवारका रूपमा चिनिन्छन्।

नेतृत्वलाई गलत सूचना दिएर प्रभावित गरेको रहस्य खुल्न थालेपछि आचार्य र लोहनी तनावमा छन्। निर्वाचन सकिएपछि जिल्ला कमिटी विघटन हुने र आफु अध्यक्ष बन्ने भन्दै आचार्यले पौडेललाई सघाएका कार्यकर्तालाई धम्क्याउने गरेका छन्।

गलत सूचना दिएर प्रभावित गर्दै पावरको दुरुपयोग गर्न थालेको प्रमाणसहित रिर्पोट बालकोट पुगेपछि उनीहरु ससंकित बनेका आचार्यका समर्थक स्वयं मिलाउनका लागि छाड्न खोजेको हल्ला चलाउन थालेका छन्।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...