News Portal

राजधानी पनि सफा गर्छु, राजनीति पनि सफा गर्छुः प्रदीप पौडेल

हिमालीसंचार संवाददाता
३२३ पटक

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं काठमाडौं-५ का उम्मेदवार प्रदीप पौडेलले आफूले पुराना भन्ने उम्मेदवारले कुनै पनि विकास नगरेको आरोप लगाएका छन्।

कसैले पुरानो भनेर मात्र घमण्ड गरेर हुँदैन। कसले के काम गरेको छ, भन्ने जनताले मूल्यांकन गर्छन्। काठमाडौं-५ का मतदाता विवेकी छन्। मतदाताको विवेकमाथि मलाई कुनै शंका छैन। कति चोटि मन्त्री भयो भन्ने आधारमा हेभिवेट र लोवेट होइँदैन, प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने। काठमाडौं ५ मा उनी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग प्रतिस्पर्धा गर्दै छन्।

उनले पोखरेलले पाँच वर्षमा सात किलोमिटर सडक समेत पिच गर्न नसकेको आरोप पनि लगाए। उनले भने, चुनावको मुखमा शुभकामना दिने अरु बेला मुख नदेखाउने पनि जनप्रतिनिधि हुन्छ। पाँच वर्षमा सात किलोमिटर सडक पनि पिच भएको छैन। १५ वर्षसम्म विष्णुमती, धोवीखोला करिडोर पूरा भएको छैन। प्रतिस्पर्धा राजनीतिलाई संग्ल्याउने कुरामा मेरो कसैसँग प्रतिस्पर्धा छैन। म राजधानी पनि सफा गर्छु, राजनीति पनि सफा गर्छु।

आफूलाई टुरिस्ट उम्मेदवार भन्नुको अर्थ नभएको पनि उनले बताए। पौडेलले थपे, ‘मेरो विगत छैन ? म एकैचोटि टिकट लिएर आएको हो र ? स्कुलदेखि विश्वविद्यालयमा यहीं पढेको हुँ। मेरो यहाँ घर भएको पनि ३२ वर्ष भइसक्यो। म २५ वर्षदेखि राजनीतिमा सक्रिय छु। पार्टीको नेतृत्व तहमा छु। म कसरी नयाँ हुन्छु ? मलाई टुरिस्ट भन्नेचाहिँ कहाँको हो ? देशको राजधानीमा कोही पनि टुरिस्ट हुँदैन।’

नेता भनेका सबै खराब हुन् भन्ने कुरा सच्चाउन आफू अघि बढेको पनि पौडेलले बताए। उनले थपे, ‘अहिले नेताले नमस्कार गर्दा कसैले फर्काउँदैन। राजधानीमै जनता र प्रतिनिधिबीच संवाद रहेनछ। खाली कागजमा सिग्नेचर गरेर विश्वासिलो मानिसलाई मात्र दिन सकिन्छ। मत भनेको त्यही हो। मेरो जिम्मेवारी राजनीतिप्रति विश्वास र सम्मान बढाउने हो।’

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...