News Portal

राजधानी पनि सफा गर्छु, राजनीति पनि सफा गर्छुः प्रदीप पौडेल

हिमालीसंचार संवाददाता
२६९ पटक

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं काठमाडौं-५ का उम्मेदवार प्रदीप पौडेलले आफूले पुराना भन्ने उम्मेदवारले कुनै पनि विकास नगरेको आरोप लगाएका छन्।

कसैले पुरानो भनेर मात्र घमण्ड गरेर हुँदैन। कसले के काम गरेको छ, भन्ने जनताले मूल्यांकन गर्छन्। काठमाडौं-५ का मतदाता विवेकी छन्। मतदाताको विवेकमाथि मलाई कुनै शंका छैन। कति चोटि मन्त्री भयो भन्ने आधारमा हेभिवेट र लोवेट होइँदैन, प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने। काठमाडौं ५ मा उनी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग प्रतिस्पर्धा गर्दै छन्।

उनले पोखरेलले पाँच वर्षमा सात किलोमिटर सडक समेत पिच गर्न नसकेको आरोप पनि लगाए। उनले भने, चुनावको मुखमा शुभकामना दिने अरु बेला मुख नदेखाउने पनि जनप्रतिनिधि हुन्छ। पाँच वर्षमा सात किलोमिटर सडक पनि पिच भएको छैन। १५ वर्षसम्म विष्णुमती, धोवीखोला करिडोर पूरा भएको छैन। प्रतिस्पर्धा राजनीतिलाई संग्ल्याउने कुरामा मेरो कसैसँग प्रतिस्पर्धा छैन। म राजधानी पनि सफा गर्छु, राजनीति पनि सफा गर्छु।

आफूलाई टुरिस्ट उम्मेदवार भन्नुको अर्थ नभएको पनि उनले बताए। पौडेलले थपे, ‘मेरो विगत छैन ? म एकैचोटि टिकट लिएर आएको हो र ? स्कुलदेखि विश्वविद्यालयमा यहीं पढेको हुँ। मेरो यहाँ घर भएको पनि ३२ वर्ष भइसक्यो। म २५ वर्षदेखि राजनीतिमा सक्रिय छु। पार्टीको नेतृत्व तहमा छु। म कसरी नयाँ हुन्छु ? मलाई टुरिस्ट भन्नेचाहिँ कहाँको हो ? देशको राजधानीमा कोही पनि टुरिस्ट हुँदैन।’

नेता भनेका सबै खराब हुन् भन्ने कुरा सच्चाउन आफू अघि बढेको पनि पौडेलले बताए। उनले थपे, ‘अहिले नेताले नमस्कार गर्दा कसैले फर्काउँदैन। राजधानीमै जनता र प्रतिनिधिबीच संवाद रहेनछ। खाली कागजमा सिग्नेचर गरेर विश्वासिलो मानिसलाई मात्र दिन सकिन्छ। मत भनेको त्यही हो। मेरो जिम्मेवारी राजनीतिप्रति विश्वास र सम्मान बढाउने हो।’

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...