News Portal

दुईदुई पटक संसद् विघटन गर्ने एमालेलाई भोट किन दिनु? नेता केसी

हिमालीसंचार संवाददाता
२१८ पटक

काठमाडौं – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले स्थायी सरकार र जनताको न्यायको लागि गठबन्धनलाई भोट दिन आह्वान गरे। शनिबार गठबन्धन दलको नुवाकोट काठमाडौँ सम्पर्क समितिले गरेको कार्यक्रममा बोल्दै नुवाकोट क्षेत्र नं २ बाट उम्मेदवार रहेका केसीले दुईदुई पटक संसद्  विघटन गर्ने एमालेलाई भोट किन दिनु? प्रश्न गरेका छन्।

अघिल्लो निर्वाचनमा वाम गठबन्धनलाई दुई तिहाइ नजिकको मत दिए पनि दुईदुई पटक संसद् विघटन गरेको र प्रतिपक्षमा पुग्दा संसदमा काम गर्न नदिएको समेत बताए। 

‘आन्तरिक द्वन्द्वको कारण दुई तिहाइको नजिकको प्रधानमन्त्रीले सरकार चलाउन नसक्ने,´ उनले भने, `जुन दिन प्रतिपक्षमा पुग्यो, त्यो दिन संसद् चल्न नदिने अनि किन एमालेलाई भोट दिने ?´ त्यसैगरी आफूहरुले सबै विचारलाई मिलाएर एक बनाउनका लागि गठबन्धन गरेको नेता केसीले भनाई थियो । 

‘हामी किन अहिले गठबन्धनमा छौँ? भिन्नभिन्न विचार लिएर हामी एक भएका छौँ। हामीले प्राप्त गरेको संविधान जोगाउनको लागि गठबन्धन गरेको हो,´ उनले भने। २०६२-०६३ सालदेखि जब गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल प्रचन्डले हात मिलाएर हस्ताक्षर गरेपछि नै गठबन्धन भएको उनले स्मरण गराए। 

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...