News Portal

आफू जित्न तालमेल, एकल प्रतिस्पर्धामा अरु नेता – के पी ओली

हिमालीसंचार संवाददाता
२२९ पटक

काठमाडौं – सत्तारुढ गठबन्धनलाई चुनावी मैदानमा एक्लाएक्लै उत्रन चुनौती दिँदै आएको नेकपा एमालेले अन्ततः आफैंले समेत देशभर उम्मेदवार उठाएको छैन । प्रतिनिधिसभातर्फ १६५ मध्ये १४० निर्वाचन क्षेत्रमा मात्रै एमाले उम्मेदवार छन् । बाँकी क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल र केही व्यक्तिगत उम्मेदवारलाई समर्थन जनाएको छ ।

जसपालाई १७ र राप्रपालाई तीन सिट छोडेको एमालेले मकवानपुर–२ मा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उम्मेदवार बनाएको छ । डडेलधुरा र चितवन–३ मा नेपाली कांग्रेसबाट विद्रोह गरेका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको एमालेसँग रौतहट–३ मा उम्मेदवार नै छैन । प्रभु साहले एमालेको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिएपछि यो क्षेत्र सूर्य चिह्नविहीन बन्न पुगेको हो ।

रौतहटमा जस्तै डडेलधुरामा पनि एमालेसँग मतदान गर्न उम्मेदवार छैन । कांग्रेस बीपीका कर्ण मल्ललाई समर्थन गर्ने पार्टी केन्द्रको निर्णय विपरीत जिल्ला कमिटीले एक्लै चुनावमा जाने निर्णय गरिसकेको छ । अर्थात् प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध एमालेसँग आफ्नो उम्मेदवार रहेन । नवलपरासी–१ मा यसपटक पनि हृदयेश त्रिपाठीलाई नै एमालेको समर्थन छ ।

यसअर्थमा, मतदान अगाडि नै २५ निर्वाचन क्षेत्र एमालेले गुमाइसकेको छ । एमालेले नेताहरु भने अरु दलले यति पनि उम्मेदवार उठाउन नसकेको तर्क गर्छन् । ‘हामीले केही ठाउँ मात्रै छोडेको हो, नेपाली कांग्रेस त ९० मै खुम्चिएको छ नि’ एक स्थायी कमिटी सदस्य भन्छन् ।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...