News Portal

आफू जित्न तालमेल, एकल प्रतिस्पर्धामा अरु नेता – के पी ओली

हिमालीसंचार संवाददाता
२५३ पटक

काठमाडौं – सत्तारुढ गठबन्धनलाई चुनावी मैदानमा एक्लाएक्लै उत्रन चुनौती दिँदै आएको नेकपा एमालेले अन्ततः आफैंले समेत देशभर उम्मेदवार उठाएको छैन । प्रतिनिधिसभातर्फ १६५ मध्ये १४० निर्वाचन क्षेत्रमा मात्रै एमाले उम्मेदवार छन् । बाँकी क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल र केही व्यक्तिगत उम्मेदवारलाई समर्थन जनाएको छ ।

जसपालाई १७ र राप्रपालाई तीन सिट छोडेको एमालेले मकवानपुर–२ मा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उम्मेदवार बनाएको छ । डडेलधुरा र चितवन–३ मा नेपाली कांग्रेसबाट विद्रोह गरेका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको एमालेसँग रौतहट–३ मा उम्मेदवार नै छैन । प्रभु साहले एमालेको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिएपछि यो क्षेत्र सूर्य चिह्नविहीन बन्न पुगेको हो ।

रौतहटमा जस्तै डडेलधुरामा पनि एमालेसँग मतदान गर्न उम्मेदवार छैन । कांग्रेस बीपीका कर्ण मल्ललाई समर्थन गर्ने पार्टी केन्द्रको निर्णय विपरीत जिल्ला कमिटीले एक्लै चुनावमा जाने निर्णय गरिसकेको छ । अर्थात् प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध एमालेसँग आफ्नो उम्मेदवार रहेन । नवलपरासी–१ मा यसपटक पनि हृदयेश त्रिपाठीलाई नै एमालेको समर्थन छ ।

यसअर्थमा, मतदान अगाडि नै २५ निर्वाचन क्षेत्र एमालेले गुमाइसकेको छ । एमालेले नेताहरु भने अरु दलले यति पनि उम्मेदवार उठाउन नसकेको तर्क गर्छन् । ‘हामीले केही ठाउँ मात्रै छोडेको हो, नेपाली कांग्रेस त ९० मै खुम्चिएको छ नि’ एक स्थायी कमिटी सदस्य भन्छन् ।

प्रतिकृया दिनुहोस्

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

शंकास्पद रूपमा भारत लैजाँदै गरिएका बालबालिका फेला, ६ जनामाथि अनुसन्धान

दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले...

आज २०८२ साल माघ २८ गतेको राशिफल

आज माघ २८, २०८२ ( फेब्रुअरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...