News Portal

काग्रेसका विद्रोही उम्मेदवार धर्मराज पोख्रेलले पाए“पानीको धारा”

हिमालीसंचार संवाददाता
२९० पटक

खोटाङ – खोटाङमा वाम लोकतान्त्रिक गठबन्धन विरुद्ध कांग्रेसले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा (क) तर्फ स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गरेका उम्मेदवार मध्ये प्रदेशसभा (क) तर्फका धर्मराज पोख्रेलले उम्मेदवारी फिर्ता लिएनन्। उनले चुनाव चिन्ह पानीको धारा पाएका छन् ।

खोटाङमा प्रदेशसभा (ख) मात्र आफ्नो भागमा परेको भन्दै विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका प्रतिनिधिसभा सदस्य सर्वधन राई र प्रदेशसभा (क) तर्फ सुवासकुमार पोख्रेलले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनीहरुलाई पार्टीले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। 

प्रदेशसभा ‘क’ तर्फ कांग्रेसका असन्तुष्ट पक्षका दुई नेताले एकैक्षेत्रमा मनोनयन दर्ता गरेका थिए । उनीहरुको उम्मेदवारी दर्ता गरेको विषयलाई जिल्लामा चासोका साथ हेरिएको थियो । कतिपयले ‘बागी विरुद्ध अर्को बागी’ उठे/उठाइएको अर्थ लगाइरहेका थिए भने कतिपयले एक जनालाई ‘व्याक’ गर्नेगरी एकैठाउँमा दुई जनाको मनोनयन दर्ता गरिएको अनुमान गरेका थिए।

केन्द्रको निर्णय अनुसार जिल्लामा गठबन्धनको उम्मेदवार मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेको केही समयपछि कांग्रेसको विद्रोही पक्ष मनोनयन दर्ता गर्न पुगेका थिए । गठबन्धन बिरुद्ध गठबन्धन दलकै स्वतन्त्र उम्मेदवारी परेपछि एमालेलाई उत्साहित बनाएको थियो । प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट विशाल भट्टराई, प्रदेशसभा ‘क’ मा पाँचकर्ण राई (पिके) र प्रदेशसभा ‘ख’ मा रामप्रसाद दंगाल रहेका छन्। 

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले गत आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दर्ता भएको उम्मेदवारी फिर्ता लिन परेमा आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म समय निर्धारण गरेको थियो। उनले उक्त निर्धारित समयावधिमा उनले उम्मेदवारी फिर्ता लिएनन्।

पोख्रेल नेपाली कांग्रेस खोटाङका पूर्व उपसभापति तथा महाधिवेशन प्रतिनिधि समेत रहेका पोख्रेल प्रदेशसभा (क) स्वतन्त्र उम्मेदवार रहेका पोखरेलले चुनाव चिन्ह ‘पानीको धारा’ पाएका छन्। उनीसँगै प्रदेश ‘क’ मा कुमारप्रसाद भट्टराई समेत स्वतन्त्र उम्मेदवार छन्। भट्टराईले जेब्रा चुनाव चिन्ह पाएका छन्। प्रदेश ‘क’ मा ६ जना उम्मेदवार चुनावी मैदानमा प्रतिस्पर्धा गर्दै छन्।

प्रतिकृया दिनुहोस्

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...

आज २०८२ साल चैत २२ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...

आज २०८२ साल चैत २१ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...