News Portal

  • काठमाडौं-१० मा गठबन्धन तोडेको माओवादीको घोषणा

    हिमालीसंचार संवाददाता
    २७८ पटक

    काठमाडौं – काठमाडौं–१० मा नेकपा माओवादी केन्द्रले सत्तारुढ गठबन्धन तोडिएको घोषणा गरेको छ । सत्ता गठबन्धनको सिट बाँडफाँट अनुसार यो क्षेत्र नेपाली कांग्रेसको भागमा परेको छ।त्यस अनुसार कांग्रेसका नेता राजन केसीले उम्मेदवारी दिएका छन् । तर, माओवादी नेता अञ्जना विशंखेले पनि उम्मेदवारी दिएकी छन् । यस्तै प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये माओवादीले र एकीकृत समाजवादीले एक–एक वटा लिने सहमति भएको थियो ।  प्रदेशसभामा पनि सत्ता गठबन्धनका एकाठमाडौं १० (क) मा कांग्रेसका पुकार महर्जन र माओवादी केन्द्रका दिलिप महर्जनले उम्मेदवारी दिएका छन् ।

    काठमाडौं १० (ख) मा एकीकृत समाजवादीकी रमा आले र माओवादी केन्द्रका गणेशबहादुर कुँवरले उम्मेदवारी दिएका छन्।प्रतिनिधिसभाकी उम्मेदवार अञ्जना विशंखेले स्वच्छ प्रतिष्पर्धा गर्ने सर्तमा गठबन्धन तोडिएको बताइन् । ‘हामीले गठबन्धन तोडिसक्यौं’, अनलाइनखबरसित उनले भनिन्, ‘स्वच्छ प्रतिस्पर्धा गर्ने, कहिलेकाहीँ यसरी प्रतिस्पर्धा गर्दा पनि रमाइलो हुन्छ ।

    अघिल्लो चुनावमा काठमाडौं–१० मा बाम गठबन्धनलाई पराजित गर्दै नेपाली कांग्रेसका राजन केसी निर्वाचित भएका थिए । कांग्रेसका केसीले २४ हजार १ सय ९० मत ल्याउँदा माओवादीका हितमान शाक्यले २१ हजार ९०७ मात्रै मत ल्याएका थिए ।

    काठमाडौंका अधिकांश क्षेत्रमा माओवादी कमजोर रहेको छ । काठमाडौंका निर्वाचन क्षेत्रमध्य बढी मत पाएको भनेको क्षेत्र नं. १० मात्रै हो ।२०७४ सालमा समानुपातिक पद्धतितर्फ माओवादीले ७ हजार ७६६ मत पाएको थियो । ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा माओवादीका वडाध्यक्षका उम्मेदवारले ७ हजार २६९ रहेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ११ गतेको राशिफल

    आज कार्तिक ११, २०८२ (अक्टोबर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गंगाजमुना माईको मेला कार्तिक १४ गते आयोजना हुने

    धादिङ, कार्तिक १० – गंगाजमुना गाउँपालिका–५, ढाँडखर्कमा रहेको गंगाजमुना माईको मेला यस वर्ष कार्तिक १४...

    भ्रष्टाचारविरुद्ध सक्रियता देखाउन सम्पत्ति विवरण आवश्यक : लोहनी

    काठमाडौं, कात्तिक १० – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारका मन्त्रीहरूले आफ्नो...

    उद्घाटन र रिबन काट्ने कार्यक्रममा नबोलाउन शिक्षामन्त्री पुनको आग्रह

    काठमाडौं, कात्तिक १० – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई औपचारिक कार्यक्रममा निमन्त्रणा...

    अमनप्रताप अधिकारीको प्रतिक्रिया — “अपशब्द बोलेँ, तर आगजनी गरेको छैन”

    काठमाडौं, कार्तिक १० – निर्देशक अमनप्रताप अधिकारीले संसद् भवनमा आगजनी गरेको आरोप अस्वीकार गर्दै आफूले केवल...