News Portal

काठमाडौं-१० मा गठबन्धन तोडेको माओवादीको घोषणा

हिमालीसंचार संवाददाता
३७१ पटक

काठमाडौं – काठमाडौं–१० मा नेकपा माओवादी केन्द्रले सत्तारुढ गठबन्धन तोडिएको घोषणा गरेको छ । सत्ता गठबन्धनको सिट बाँडफाँट अनुसार यो क्षेत्र नेपाली कांग्रेसको भागमा परेको छ।त्यस अनुसार कांग्रेसका नेता राजन केसीले उम्मेदवारी दिएका छन् । तर, माओवादी नेता अञ्जना विशंखेले पनि उम्मेदवारी दिएकी छन् । यस्तै प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये माओवादीले र एकीकृत समाजवादीले एक–एक वटा लिने सहमति भएको थियो ।  प्रदेशसभामा पनि सत्ता गठबन्धनका एकाठमाडौं १० (क) मा कांग्रेसका पुकार महर्जन र माओवादी केन्द्रका दिलिप महर्जनले उम्मेदवारी दिएका छन् ।

काठमाडौं १० (ख) मा एकीकृत समाजवादीकी रमा आले र माओवादी केन्द्रका गणेशबहादुर कुँवरले उम्मेदवारी दिएका छन्।प्रतिनिधिसभाकी उम्मेदवार अञ्जना विशंखेले स्वच्छ प्रतिष्पर्धा गर्ने सर्तमा गठबन्धन तोडिएको बताइन् । ‘हामीले गठबन्धन तोडिसक्यौं’, अनलाइनखबरसित उनले भनिन्, ‘स्वच्छ प्रतिस्पर्धा गर्ने, कहिलेकाहीँ यसरी प्रतिस्पर्धा गर्दा पनि रमाइलो हुन्छ ।

अघिल्लो चुनावमा काठमाडौं–१० मा बाम गठबन्धनलाई पराजित गर्दै नेपाली कांग्रेसका राजन केसी निर्वाचित भएका थिए । कांग्रेसका केसीले २४ हजार १ सय ९० मत ल्याउँदा माओवादीका हितमान शाक्यले २१ हजार ९०७ मात्रै मत ल्याएका थिए ।

काठमाडौंका अधिकांश क्षेत्रमा माओवादी कमजोर रहेको छ । काठमाडौंका निर्वाचन क्षेत्रमध्य बढी मत पाएको भनेको क्षेत्र नं. १० मात्रै हो ।२०७४ सालमा समानुपातिक पद्धतितर्फ माओवादीले ७ हजार ७६६ मत पाएको थियो । ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा माओवादीका वडाध्यक्षका उम्मेदवारले ७ हजार २६९ रहेको छ ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...