News Portal

खोटाङमा वाम लोकतान्त्रिक गठबन्धनले संयुक्त रुपमा उम्मेदवार मनोनय दर्ता ग-यो

हिमालीसंचार संवाददाता
३५० पटक

खोटाङ – खोटाङमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (माओवादी केन्द्र) को पोलिटव्युरो सदस्य रामकुमार राई (पासाङ), प्रदेशसभा ‘क’ नेकपा (एकीकृत समाजवादी)का वीरबलकाजी राई र प्रदेशसभा ‘ख’ तर्फ नेपाली कांग्रेसका भूपेन्द्र राईले संयुक्त रुपमा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

०७४ सालको निर्वाचनमा प्रदेशसभा (ख) मा विजयी भएर प्रदेश १ को खानेपानी, सिँचाई तथा उर्जा मन्त्री राईले वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट खोटाङमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस भएका हुन् । उनी २०६४ सालको संबिधानसभाको पहिलो निर्वाचनमा पनि सांसद निर्वाचित भएका थिए ।

यस्तै, वाम लोकतान्त्रिक गठबन्धनबाट प्रदेशसभा ‘क’ नेकपा (एकीकृत समाजवादी)का बीरबलकाजी राई र प्रदेशसभा ‘ख’ नेपाली कांग्रेसका भूपेन्द्र राईले टिकट पाएका छन् । नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार राई केन्द्रीय सदस्य एवम् खोटाङ जिल्लाका सहइन्चार्ज समेत हुन् ।

नेपाली कांग्रेसका राई प्रदेश महामन्त्री एवम् दिप्रुङ चुईचुम्मा गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका उम्मेदवारले संयुक्त रुपमा मनोनयन दर्ता दिउँसो तीन बजे गरेका थिए । 

प्रतिनिधिसभाका लागि मुलुकभरबाट १६५ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्रमा आज उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । उम्मेदवारी दर्ता गराउन जाँदा २५ जना भन्दा बढी सहभागी हुन नपाइने, बाजा गाजा र झाँकी प्रदर्शन गर्न नपाइने आचारसंहिता रहेको छ। 

यद्यपी, वाम लोकतान्त्रिक गठबन्धनको टिकट वितरणप्रति नेपाली कांग्रेसभित्र असन्तुष्टी देखिए पनी उम्मेदवारी दर्ता दिउसो तीन बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा संयुक्त रुपमा वाम लोकतान्त्रिकले गठबन्धनले मनोनयन दर्ता गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २२ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...

आज २०८२ साल चैत २१ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको स्पष्ट सन्देश: अघिल्लो सरकारका नियुक्तिहरूले राजीनामा दिनुहोस्

काठमाडौँ, चैत २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो सरकारका बेला राजनीतिक सिफारिसका आधारमा...