News Portal

खोटाङमा गठबन्धनले प्रतिनिधिसभा सदस्यमा रामकुमार राई (पासाङ) लाई सिफारिस ग-यो

हिमालीसंचार संवाददाता
३९७ पटक

खोटाङ – खोटाङमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (माओवादी केन्द्र) को पोलिटव्युरो सदस्य रामकुमार राई (पासाङ) लाई उम्मेदवारी सिफारिस गरेको छ। प्रदेशसभा ‘क’ नेकपा (एकीकृत समाजवादी)का बीरबलकाजी राई र प्रदेशसभा ‘ख’ तर्फ नेपाली कांग्रेसका भूपेन्द्र राईले टिकट पाएका छन् ।

०७४ सालको निर्वाचनमा प्रदेशसभा (ख) मा विजयी भएर प्रदेश १ को खानेपानी, सिँचाई तथा उर्जा मन्त्री राईले बाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका टिकट पाएका हुन् । उनी २०६४ सालको संबिधानसभाको पहिलो निर्वाचनमा पनि सांसदमा निर्वाचित भएका थिए ।

यस्तै, बाम गठबन्धनबाट प्रदेशसभा ‘क’ नेकपा (एकीकृत समाजवादी)का बीरबलकाजी राई र प्रदेशसभा ‘ख’ नेपाली कांग्रेसका भूपेन्द्र राईले टिकट पाएका छन् । नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार राई केन्द्रीय सदस्य एवम् खोटाङ जिल्लाका सहइन्चार्ज समेत हुन् ।

नेपाली कांग्रेसका राई प्रदेश महामन्त्री एवम् दिप्रुङ चुईचुम्मा गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । बाम गठबन्धनबाट उम्मेदवारी दिएका उम्मेदवारले मनोनयन दर्ता दिउँसो तीन बजे गर्ने भएका छन्। यद्यपी, बाम गठबन्धनको टिकट वितरणप्रति नेपाली कांग्रेसभित्र असन्तुष्टी देखिए पनी उम्मेदवारी दिउसो तीन बजे मनोनयन दर्ता गर्ने भएका छन्। 

प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा एकसाथ उम्मेदवारी दर्ता सुरु भएको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारी दर्ता गराउन जाँदा २५ जना भन्दा बढी सहभागी हुन नपाइने, बाजा गाजा र झाँकी प्रदर्शन गर्न नपाइने आचारसंहिता समेत उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...

आज २०८२ साल चैत २२ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...

आज २०८२ साल चैत २१ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...