News Portal

नेकपा एमाले रामेछापले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगायो

हिमालीसंचार संवाददाता
२६६ पटक

पुष्कर खड्का/रामेछाप – नेकपा एमालले रामेछापबाट मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश-सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

नेकपा (एमाले) ले प्रतिनिधिसभा सदस्य पदका लागि कैलाश प्रसाद ढुंगेललाई उम्मेदवार बनाउने निर्णय गरेका छन् । नेकपा (एमाले) रामेछापले प्रतिनिधिसभाका लागि उम्मेदवार बनाएका ढुंगेल ०४८ सालपछि पटक पटक टिकट पाउने नेता हुन् । तर, उनको प्रतिनिधिसभासम्म पुग्ने सपना पुरा हुन् सकेका छैनन् । ०७४ मा बामगठवन्धनबाट प्रदेश-सभा सदस्यमा निर्वाचित भएका ढुंगेल करिव साढे ३ बर्ष बाग्मती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री भएका थिए।

यसैगरी प्रदेश-सभा (क) मा एमालेका पूर्व जिल्ला अध्यक्ष तथा बाग्मती प्रदेश सांसद शान्ति प्रसाद पौडेललाई उम्मेदवार बनाएको छ । एमालेका पूर्व जिल्ला अध्यक्ष समेत रहेका पौडेल यस अघी बाग्मती प्रदेश-सभा सदस्य पदमा निर्वाचित भएका थिए । एमालेमा गुट र फुटको फाईदा उठाउदै पौडेलले केहि दिन बाग्मती प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्री भएका थिए । पौडेलले प्रदेश-सभा तर्फ प्रदेश (क) मा  टिकट दोहो¥याएका छन् ।

नेकपा (एमाले) रामेछापले प्रदेश सभा (ख) मा भने नयाँ उम्मेदवार बनाउने भएको छ । दोरम्बा घर भएका मिलन घिसिङ गैरसरकारी क्षेत्रमा काम गर्दै आएका थिए । गैससमा काम सगैं नेकपा एमालको जिल्ला स्तरको राजनीति गर्दै आएका घिसिङलाई जनजातिको मत पाउने आशामा नेकपा एमालेले उम्मेदवार बनाएको चर्चा पार्टीभित्र गरिएको श्रोतले हिमालीसंचारडटकमसंग बताए। 

प्रतिकृया दिनुहोस्

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...

आज २०८२ साल चैत २२ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...

आज २०८२ साल चैत २१ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...