News Portal

नेकपा एमाले रामेछापले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगायो

हिमालीसंचार संवाददाता
२३३ पटक

पुष्कर खड्का/रामेछाप – नेकपा एमालले रामेछापबाट मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश-सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

नेकपा (एमाले) ले प्रतिनिधिसभा सदस्य पदका लागि कैलाश प्रसाद ढुंगेललाई उम्मेदवार बनाउने निर्णय गरेका छन् । नेकपा (एमाले) रामेछापले प्रतिनिधिसभाका लागि उम्मेदवार बनाएका ढुंगेल ०४८ सालपछि पटक पटक टिकट पाउने नेता हुन् । तर, उनको प्रतिनिधिसभासम्म पुग्ने सपना पुरा हुन् सकेका छैनन् । ०७४ मा बामगठवन्धनबाट प्रदेश-सभा सदस्यमा निर्वाचित भएका ढुंगेल करिव साढे ३ बर्ष बाग्मती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री भएका थिए।

यसैगरी प्रदेश-सभा (क) मा एमालेका पूर्व जिल्ला अध्यक्ष तथा बाग्मती प्रदेश सांसद शान्ति प्रसाद पौडेललाई उम्मेदवार बनाएको छ । एमालेका पूर्व जिल्ला अध्यक्ष समेत रहेका पौडेल यस अघी बाग्मती प्रदेश-सभा सदस्य पदमा निर्वाचित भएका थिए । एमालेमा गुट र फुटको फाईदा उठाउदै पौडेलले केहि दिन बाग्मती प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्री भएका थिए । पौडेलले प्रदेश-सभा तर्फ प्रदेश (क) मा  टिकट दोहो¥याएका छन् ।

नेकपा (एमाले) रामेछापले प्रदेश सभा (ख) मा भने नयाँ उम्मेदवार बनाउने भएको छ । दोरम्बा घर भएका मिलन घिसिङ गैरसरकारी क्षेत्रमा काम गर्दै आएका थिए । गैससमा काम सगैं नेकपा एमालको जिल्ला स्तरको राजनीति गर्दै आएका घिसिङलाई जनजातिको मत पाउने आशामा नेकपा एमालेले उम्मेदवार बनाएको चर्चा पार्टीभित्र गरिएको श्रोतले हिमालीसंचारडटकमसंग बताए। 

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...