News Portal

अध्यक्ष प्रचण्डको उम्मेदवारी दर्ताका लागि प्रचण्डसंगै बाबुराम पनि गोरखा जाने

हिमालीसंचार संवाददाता
२२२ पटक

काठमाडौं – निर्वाचन आयोगले भोलि देशभर प्रत्यक्ष तर्फको उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने भएको छ । टिकट पाएका नेताहरु उम्मेदवारी दर्ताको लागि आफ्नो गृह जिल्लातर्फ लागेका छन् । उम्मेदवारी दर्ताको लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोलि गोरखा जाने भएका छन् । प्रचण्डसँगै नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई पनि गोरखा जाने भएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र गोरखा २ बाट प्रचण्डले उम्मेदवारी दर्ता गराउने भएपछि डा. भट्टराई पनि प्रचण्डसँगै गोरखा जान लागेका हुन् । डा.  भट्टराई नेतृत्वको नेसपा माओवादीको चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने  भएको छ । तर भट्टराई भने प्रत्यक्ष निर्वाचन नलड्ने भएका छन् । त्यसैले प्रचण्डले अघिल्लो पटक आफू निर्वाचित भएको चितवन क्षेत्र नम्बर ३ छाडेर गोरखा २ रोजेका हुन् । 

गोरखाबाट निर्वाचन लड्ने प्रचण्डको निर्णयलाई बाबुराम भट्टराईले यसअघि नै स्वागत गरेका थिए । अध्यक्ष प्रचण्ड गोरखाबाट चुनाव लड्नुमा ठूलो सांकेतिक महत्व रहेको भन्दै डा. भट्टराईले प्रचण्डलाई जिताउन आफ्नो पूर्ण साथ रहने बताउँदै आएका छन् । 

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...