News Portal

नेकपा एमालेले खोटाङबाट प्रतिनिधिसभा सदस्यमा भट्टराई, प्रदेशसभा सदस्य तर्फ राई र दंगाल उम्मेदवारी बनाउने निर्णय

हिमालीसंचार संवाददाता
२७६ पटक

खोटाङ – आसन्न मंसिर ४ गते हुन लागि रहेको निर्वाचनका लागि नेकपा एमालेले खोटाङबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य तर्फ टुङ्गो लगाएको छ । एमाले केन्द्रीय सचिवालय बैठकले नेकपा (एमाले)  पार्टीले उम्मेदवारको टुङ्गो लगाएको हो ।

नेकपा (एमाले) खोटाङको प्रतिनिधिसभा सदस्य तर्फ संसदीय दलका प्रमुख सचेतक तथा जिल्ला इन्चार्ज विशाल भट्टराईलाई उम्मेदवार बनाएको एमाले खोटाङका सचिब कुमार प्रसाद आचार्यले हिामालीसंचारडटकमसंग बताए।

त्यस्तै, प्रदेशसभा तर्फ (क) पाँचकर्ण राई (पि.के) र (ख) रामप्रसाद दंगाललाई उम्मेदवार बनाउने निर्णय भएको हो । प्रतिनिधिसभाका लागि खोटाङबाट ७ जना र प्रदेश सभाका लागि (क) बाट ४ जना त्यस्तै, (ख) बाट निर्विरोध रामप्रसाद दंगालको नाम सिफारिस गरिएको हो। 

०७४ को निर्वाचनमा नोकपा (एमाले) बामगठबन्धनका साझा उम्मेदवार भट्टराईले भारी मत सहित विजयी हासिल गरेका थिए । प्रदेश सभा (क)  पाँचकर्ण राई ०७० सालको चुनावमा सोही क्षेत्रबाट विजयी भएका राईलाई ०७४ को चुनावमा पार्टीले विश्राम दिएको थियो। प्रदेश सभा (ख)  एमालेका जिल्ला अध्यक्षसमेत रहेका रामप्रसाद दंगाल जिल्लाबाट सर्वसम्मत सिफारिस भएका हुन्। 

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...