News Portal

जसपा नेताहरु श्रेष्ठ र सुमन बालुवाटार व्यस्त, यादव बालकोटमा ट्यास्स

हिमालीसंचार संवाददाता
३३८ पटक

काठमाडौं – सत्तारुढ गठबन्धनको बैठक बिहीबार विहानैदेखि प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बसिरहेको थियो । बैठकमा जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र प्रवक्ता मनिष सुमन थिए। अध्यक्ष उपेन्द्र यादव भने एमाले नेतृत्वसँग छलफलमा जुटेका श्रोतले बताए ।

सत्ता गठबन्धनमा प्रस्तावित भागवण्डाप्रति असन्तुष्ट जसपाले कार्यकारिणी समितिबाटै अरु दलसँग तालमेल खुला गर्ने निर्णय गरेको थियो । त्यसअघि नै यादवले एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुसँग सम्पर्कमा थिए ।

जसपा नेताहरुका अनुसार सत्ता गठबन्धन फुटाउने शर्तमा एमालेले जसपालाई देशभरमा प्रतिनिधिसभाका लागि २५ सिट दिन तयार रहेको श्रोतले बतायो  । ‘प्रदेश २ मा जसपा र देशभरमा एमाले पहिलो पार्टी हुने गरी आजै सहमति हुनसक्छ’, एमालेका एक नेताले बताए ।

गठबन्धनमा जसपाका लागि १६ सिट प्रस्ताव गरिएको छ । जसपाका एक नेता भन्छन्, ‘हाम्रो प्राथमिकता गठबन्धन नै थियो, तर कहाँ १६, कहाँ २५ सिट ।’ गठबन्धनमा सम्मानजनक सहमति नभए एमालेसँग सिट बाँडफाँटको सहमति हुनसक्ने दुबै दलका नेताहरुले बताएका छन् ।

प्राथमिकतामा परेन लोसपा: मधेसको अर्को दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले हालै मात्र एमालेसँग वार्ता गर्न भनेर टोली नै बनाएको थियो । तर एमाले नेताहरु भने लोसपासँग सहमतिको प्रयास अघि बढ्न नसकेको बताउँछन् । 

उनीहरुका अनुसार सत्ता गठबन्धन कायमै रहने हो भने लोसपासँग तालमेल गर्दा परिणाम खासै परक पर्नै देखिएन । सिट भने लोसपाले धेरै मागेको छ । ‘महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल लगायतका नेताहरुलाई छाड्न सकिन्छ, तर सबै नेता व्यवस्थापन गर्न सक्दैनौं’ एमालेका नेताहरु भन्छन् ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...