News Portal

जसपा नेताहरु श्रेष्ठ र सुमन बालुवाटार व्यस्त, यादव बालकोटमा ट्यास्स

हिमालीसंचार संवाददाता
२५९ पटक

काठमाडौं – सत्तारुढ गठबन्धनको बैठक बिहीबार विहानैदेखि प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बसिरहेको थियो । बैठकमा जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र प्रवक्ता मनिष सुमन थिए। अध्यक्ष उपेन्द्र यादव भने एमाले नेतृत्वसँग छलफलमा जुटेका श्रोतले बताए ।

सत्ता गठबन्धनमा प्रस्तावित भागवण्डाप्रति असन्तुष्ट जसपाले कार्यकारिणी समितिबाटै अरु दलसँग तालमेल खुला गर्ने निर्णय गरेको थियो । त्यसअघि नै यादवले एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुसँग सम्पर्कमा थिए ।

जसपा नेताहरुका अनुसार सत्ता गठबन्धन फुटाउने शर्तमा एमालेले जसपालाई देशभरमा प्रतिनिधिसभाका लागि २५ सिट दिन तयार रहेको श्रोतले बतायो  । ‘प्रदेश २ मा जसपा र देशभरमा एमाले पहिलो पार्टी हुने गरी आजै सहमति हुनसक्छ’, एमालेका एक नेताले बताए ।

गठबन्धनमा जसपाका लागि १६ सिट प्रस्ताव गरिएको छ । जसपाका एक नेता भन्छन्, ‘हाम्रो प्राथमिकता गठबन्धन नै थियो, तर कहाँ १६, कहाँ २५ सिट ।’ गठबन्धनमा सम्मानजनक सहमति नभए एमालेसँग सिट बाँडफाँटको सहमति हुनसक्ने दुबै दलका नेताहरुले बताएका छन् ।

प्राथमिकतामा परेन लोसपा: मधेसको अर्को दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले हालै मात्र एमालेसँग वार्ता गर्न भनेर टोली नै बनाएको थियो । तर एमाले नेताहरु भने लोसपासँग सहमतिको प्रयास अघि बढ्न नसकेको बताउँछन् । 

उनीहरुका अनुसार सत्ता गठबन्धन कायमै रहने हो भने लोसपासँग तालमेल गर्दा परिणाम खासै परक पर्नै देखिएन । सिट भने लोसपाले धेरै मागेको छ । ‘महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल लगायतका नेताहरुलाई छाड्न सकिन्छ, तर सबै नेता व्यवस्थापन गर्न सक्दैनौं’ एमालेका नेताहरु भन्छन् ।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...