News Portal

इटहरीका पूर्व मेयर द्धारिकलाल चौधरी नेकपा माओवादी केन्द्र प्रवेश

हिमालीसंचार संवाददाता
३७२ पटक

इटहरी – इटहरी उपमहानगरपालिकाका निवर्तमान मेयर द्धारिकलाल चौधरी नेकपा एमाले परित्याग गरी नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटारमा नेकपा एमालेबाट निर्वाचित चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन् ।

एमाले प्रदेश कमिटी सदस्यसमेत रहेका चौधरी नेकपा (एमाले) परित्याग गरी नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका हुन्। आज विहान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन् । पुर्व मेयर चौधरीसँगै इटहरीका अन्य १० जना नेता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् । 

उनी प्रदेश सांसदको निर्वाचन लड्ने बुझिएको छ । चौधरी सुनसरी क्षेत्र नम्बर २ को प्रदेशसभा (क) बाट उम्मेदवार बन्न लागेका हुन् । गठबन्धनमा सुनसरी क्षेत्र नम्बर–२ कांग्रेस सो क्षेत्रको प्रदेशसभा (क) माओवादीको भागमा परेको छ ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...