News Portal

नेपालको राष्ट्रिय झण्डा बोकेर उपत्यकामा एमालेले ग-यो पदयात्रा

हिमालीसंचार संवाददाता
२०७ पटक

काठमाडौं – नेकपा एमालेले संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन हिजो उपत्यकामा पदयात्रा गरेर मनाएको छ। उपत्यकाको नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोल गरी पाँच ठाउँबाट पदयात्रा सुरू गरिएको हो।

पार्टीले ‘सात दशक लामो सङ्घर्ष र त्यसबाट प्राप्त सफलता, सफलताको संश्लेषण-संविधान र लोकतान्त्रिक गणतन्त्र’नाराका साथ फरक शैलीमा ‘वाकथन’ पदयात्राको कार्यक्रम गरेको जनाएको छ । संविधान दिवस साझा राष्ट्रिय दिवस भएको भन्दै कार्यक्रममा सहभागीलले पार्टीको झण्डा, ब्यानर नबोकी नेपालको राष्ट्रिय झण्डा र नक्सा बोकेको बताए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ बानेश्वरबाट पदयात्राको नेतृत्व गरेका थिए। लैनचौरको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मैतीदेवीबाट उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र सुवास नेम्वाङ, कुपन्डोलबाट उपाध्यक्ष विष्णुप्रसाद पौडेल र कालिमाटीबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पदयात्राको नेतृत्व गरेकी थिइन्। उपत्यकाका पाँच स्थानबाट सुरु भएको पदयात्रा शहीदगेट अगाडि जम्मा भएर बसन्तपुर पुगेका थियो । बसन्तपुर पुगेपछि अध्यक्ष ओलीले सम्बोधन गरेका थिए ।

निर्वाचन आयोगले संविधान जारी भएको दिन असोज ३ गतेसम्म प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने मिति तोकेकाले नेकपा एमालेले पदयात्रा असोज १ गतेलाई तय गरेको हो। पदयात्रामार्फत नेकपा एमालेले संविधानको अपनत्व र निर्वाचनको दौडमा होमिएको सन्देश प्रवाह गर्न खोजेका हुन्।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...