News Portal

मुख्यमन्त्री पाण्डेद्वारा ठुलोभर्याङ यातायात कार्यालयमा अनुगमन

हिमालीसंचार संवाददाता
२२५ पटक

काठमाडौ – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राजधानीस्थीत यातायात ब्यबस्था सेवा कार्यालय ठुलोभर्याङमा अनुगमन गर्नुभएको छ।

आज विहीवार बिहानै मुख्यमन्त्री पाण्डे, यातायात कार्यालयबाट हुने सेवा प्रवाहहरुको चुस्त दुरुस्त कामकाज भए नभएको अनुगमन गर्नाका लागि ठुलो भर्याङस्थित यातायात कार्यालय पुग्नुभएको हो । कार्यालय खुल्नु अगावै पाण्डे कार्यालय पुग्दा कार्यालय प्रमुख सन्जय थापा भने कार्यालयमै ब्यस्थ थिए।

कार्यालयको अनुगमनमा आउनुभएका मुख्यमन्त्री पाण्डेलाइ कार्यालय प्रमुख थापाले कार्यालयवाट हुने सेवाप्रवाहको बारेमा ब्रीफिङ गराएका थिए।

त्यस्तै मुख्यमन्त्री पाण्डेले पनि यातायात क्षेत्रमा अझैपनी बिकृती र बिसङ्गतीहरु कायम रहेकाले त्यस्ता कार्यहरु हुन नदिन र सर्वसाधारण जनताले चुस्तदुरुस्त सेवा पाउनेगरी काम गर्न कार्यालय प्रमुख थापासामु निर्देशन दिनुभएको छ।
पान्डेले कार्यालय ब्यबस्थापन र त्यहाबाट हुने सेवा प्रणालीको समेत निरीक्षण गर्नुभएको मुख्यमन्त्री पाण्डेका स्वकिय सचिव रविन भुजेलले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...