News Portal

  • सोह्र श्राद्ध आजबाट सुरु

    हिमालीसंचार संवाददाता
    १२६८ पटक

    काठमाडौं। यसपालिको सोह्र श्राद्ध आजबाट सुरु हुँदै छ। पितृको सम्झनामा जल र अन्न दिएर गरिने श्राद्ध आजबाट सुरु भएको छ। पितृको सम्झनामा गरिने सोह्र श्राद्ध हरेक वर्ष असोज कृष्ण प्रतिपदादेखि औंशीसम्म जारी रहन्छ। पहिलो दिन प्रतिपदा र द्वितीया तिथिका एकै दिन श्राद्ध परेको छ।

    यो वर्षको सोह्र श्राद्ध आउने ९ असोजबाट सकिनेछ। यसपालि त्रयोदशी तिथिमा असोज ७ गते मघा परेको छ। १ असोजका दिन अष्टमी तिथिमा सोह्र श्राद्धको श्राद्ध हुँदैन भने अष्टमी श्राद्ध भोलिपल्ट हुने पण्डित माधवप्रसाद शर्माले जानकारी दिए।

    एकोद्दिष्ट श्राद्ध, आभ्युदयिक श्राद्ध, तीर्थ श्राद्ध, पुष्टि श्राद्ध, यात्रा श्राद्ध, काम्य श्राद्धसँगै सोह्र श्राद्ध या पार्वण श्राद्ध नेपाली समाजमा प्रचलित छ। पितृपक्षमा मांसाहारीहरू पनि शुद्ध शाकाहारी भोजनमा रहेर आफ्ना पितृलाई फलफूल, दूध, नैवेद्य आदिले पूजा गर्दछन्। साथै ज्वाइँ, भानिज, नाति, नातिना र ब्राह्मण वर्गलाई भोजन गराई दक्षिणा दिने गर्छन्।

    चन्द्रमानअनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ। एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औंसी (जमरे औंसी)सम्म विभिन्न १६ तिथिका श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो।

    हिन्दु धर्मअनुसार चाडपर्व, यज्ञ जस्ता ठूला कर्म गर्नुपूर्व पितृको पूजा गर्ने परम्पराअनुरूप यस अवधिमा हरेकले आफ्ना पितृरुलाई दसैं–तिहारका नाममा भाग दिने चलन छ। जसरी दसैैंमा मिठामिठा खानेकुरा खाइन्छ, त्यसैगरी दसैंको अवसर पारी पितृका लागि पनि सिदा दिने गरिन्छ।

    अघिपछिको श्राद्धमा एउटा मात्र जौ अथवा खीरको पिण्ड दिने गरीन्छ भने सोह्र श्राद्धमा आफ्ना पितृ सबैका लागि छुट्टाछुट्टै पिण्ड दिने गरिन्छ । यसरी बनाइएको पिण्ड चिल्लो र गोलो पार्दा आफ्ना सन्तती राम्रा र सुखी हुने विश्वास छ।

    श्राद्ध गर्दा सब्यमा विश्वदेव ब्राम्हण र अपसब्यामा पितृब्राह्मणलाई पूजा गरिने चलन छ। यो १५ दिनको समयमा प्रायः सबैको घरघरमा श्राद्ध पर्छ। यो अवधिमा पार्वण श्राद्ध गर्ने गरिन्छ। कसैले आफ्ना बुबा त कसैले हजुरबुबा मरेको तिथीमा श्राद्ध गर्ने गरेका छन्।

    जसरी प्रत्येकको घर घरमा श्राद्ध गरिन्छ, त्यसैगरी श्राद्ध गराउने ब्राह्मण पनि घरघरमा पुग्ने गर्छन्। पार्वण श्राद्ध आफ्नै घरमा बसेर वा आफ्नो नभए पवित्र तीर्थस्थल, गंगाको तिरमा गएर पनि गर्ने चलन छ। तर, घरमैं भए पनि श्राद्ध गर्दा भूमिमैं गर्नुपर्ने धार्मीक नियम छ। श्राद्धको समयको कुरा गर्ने हो भने पार्वण श्राद्ध अपराह्नमा गर्नु भन्ने शास्त्रमा उल्लेख छ।

    महत्वपूर्ण तिथि !
    आश्विन कृष्णपक्ष पञ्चमीको तिथिमा श्राद्ध गर्नु महत्वपूर्ण मानिन्छ, जसको मृत्यु अविवाहित स्थितिमा भएको छ। यसलाई कुमार पञ्चमी पनि भनिन्छ।

    आश्विन कृष्णपक्ष नवमीका तिथीमा गरिने श्राद्धका लागि उत्तम मानिन्छ। त्यसैले यसलाई मातृनवमी भनिन्छ। यस तिथिमा श्राद्ध गर्नाले कुलका सबै दिवंगत महिलाको श्राद्ध सम्पत्र हुन्छ भत्रे विश्वास गरिन्छ।

    यसैगरी, आश्विन कृष्णपक्ष एकादशी एवं द्वादशी तिथिका दिन परिवारका सन्यास लिएका व्यक्तिको श्राद्ध गर्ने विधान छ। आश्विन कृष्णपक्ष चतुर्दशी तिथिका दिन दुर्घटना, हत्या, आत्महत्या, शस्त्रद्वारा मृत्युलगायत अकाल मृत्यु भएकाको श्राद्ध गरिने चलन छ।

    आश्विन कृष्णपक्ष अमावस्या औंशीका दिन कुनै कारणले पितृपक्षका सबै तिथिमा पितृको श्राद्ध गर्न बिघ्न परेमा अथवा कुनै पनि पितृको तिथि सम्झना नभएको अवस्थामा यस तिथिमा सबै पितृको श्राद्ध गर्न सकिने संस्कृतिविद् एवं पण्डितले जनाएका छन्।

    आश्विन कृष्णपक्ष शुक्ल प्रतिपदाका दिन मावली बाजेबज्यैको श्राद्धका लागि उत्तम मानिन्छ। यदि, मावलीको परिवारमा श्राद्ध गर्ने व्यक्तिको अभाव छ र तिनको मृत्यु तिथि पनि थाहा छैन भने यस तिथिका दिन श्राद्ध गर्नाले तिनको आत्मालाई शान्ति प्राप्त हुन्छ भत्रे मान्यता छ। राजधानिबाट।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-२५ गते मंगलबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २५ गते मंगलबार इश्वी सन २०२४ मे ७...

    विदेशमा रहेका नेपालीले मतदानको व्यवस्था मिलाउन जनमतको माग

    काठमाडौँ। जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको...

    एकीकृत समाजवादी फुट्ने हल्लाकाबीच अध्यक्ष नेपालले आह्वान गरे संसदीय दलको बैठक

    काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीकाे संसदीय दलको बैठक आह्वान गरेका छन्। जनता...

    अशोक राई नेतृत्वको जनता समाजवादी फुट्यो

    काठमाडौँ। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको ३१ सदस्य कार्यसमिति गठन भएको छ। आइतबार बसेको...

    तमू समाज कुवेतद्वारा आयोजित “आठौ रक्तदान” कार्यक्रम सम्पन्न

    कुवेत-“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो ०३ मे २०२४...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal