News Portal

एमाले अध्यक्ष ओली झापा-५ बाट उम्मेदवारमा सर्वसम्मत सिफारिस

हिमालीसंचार संवाददाता
२९२ पटक

अविन माबो/झापा – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली झापा जिल्लाको क्षेत्र नं.५ बाट प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । निर्वाचन क्षेत्र समन्वय कमिटीले ओलीलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमाले नेता इन्द्र भण्डारीले अध्यक्ष ओलीलाई सर्वसम्मत रुपमा उम्मेदवारमा सिफारिस गरिएको बताए । भण्डारीका अनुसार ‘०७९ मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा एमालेको तर्फबाट झापा जिल्ला क्षेत्र नं ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संघीय सांसदमा सर्वसम्मत सिफारिस हुनुभएको छ।’

गृहनगर दमकसहितको त्यस क्षेत्रबाट एमालेबाट अध्यक्ष ओली निरन्तर उम्मेदवार बन्दै आएका छन् । झापा जिल्लामा ६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका अध्यक्ष ओली २०६४ सालको पहिलो संविधानसभा चुनावमा भने पराजित भए। २०७४ सालको आमनिर्वाचन ओलीले कांग्रेसका खगेन्द्र अधकारीलाई पराजित गरे। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

शंकास्पद रूपमा भारत लैजाँदै गरिएका बालबालिका फेला, ६ जनामाथि अनुसन्धान

दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले...