आज : २०२६-०७-१०, शुक्रबार

नेकपा (एस) बाट प्रदेश सभाको उम्मेदवारमा प्रत्यक्षतर्फ प्रदीप फ्यूबा/ समानुपातिक तर्फ एलिजर तामाङ सिफारिस

धादिङ– आज बसकेको नेकपा (एकीकृत समाजबादी) पार्टी धादिङको जिल्ला सचिवालय स्तरीय बैठकले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा २ का लागि प्रत्यक्ष तर्फ युवा नेता फ्यूबालाई उम्मेदवारमा सिफारिस गरेको हो ।
२०७४ सालको स्थानीय निर्वाचनमा खनियाबास गापाको प्रत्याशी उम्मेदवार समेत रहेका फ्यूबा स्थानीय जनमाझमा चिरपरिचित पात्र हुन ।

प्रतिनिधि सभा क्षेत्र नम्बर २ को (ख) बाट समानुपातिक तर्फ एलिजर तामाङको नाम सिफारिस गरिएकोछ ।