News Portal

अमरेशकुमार सिंहलाई गर्यो कांग्रेसले कारबाही, गगन थापा उम्मेदवार सिफारिस

हिमालीसंचार संवाददाता
३२६ पटक

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं सांसद अमरेशकुमार सिंहलाई पार्टीबाट निलम्बन गरिएको छ। उनलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि पनि सिफारिश गरिएको छैन।

स्थानीय तहको चुनावमा पार्टीका अधिकारिक उम्मेरवारहरूविरुद्ध अन्तरघात एवम् असहयोग गरेको जनाउँदै कांग्रेस सर्लाहीको जिल्ला अनुशासन समितिले निलम्बन गरेको हो। उनलाई कांग्रेसबाट निलम्बन गरिएको जानकारी जिल्ला अनुशासन समितिले मधेश प्रदेश कार्यसमितिलाई दिएको छ। उनी २०७४ सालको निर्वाचनमा सर्लाही ४ बाट निर्वाचित भएका हुन्। स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको भन्दै विरोध हुँदै आएको थियो।

निलम्बनमा परेका कारण उनलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि पनि सिफारिश समेत गरिएको छैन। उनको निर्वाचन क्षेत्रबाट क्षेत्रीय कार्यसमितिले गगन थापाको नाम सिफारिस गरेको छ। त्यसपछि सर्लाही जिल्ला कार्यसमितिले उपसभापति सरोज कुमारको नेतृत्वमा अनुगमन समिति गठन गरेको थियो। छानबिनमा सांसद सिंहले अन्तर्घात गरेको जनाउँदै समितिले निलम्बन गरेको हो।

सांसद सिंहलाई कारबाही गरेको निर्णय सम्बन्धी पत्र असार ४ गते नै प्रदेश कार्यसमितिलाई पठाइएको थियो। कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले नेता सिंहलाई अनुशासनको कारबाही अन्तर्गत निलम्बन गरिएको हिमालीसंचारडटकमसंग बताए। अनुशासन समितिका संयोजक सरोज कुमारद्वारा हस्ताक्षरित पत्रमा पनि कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (ख) बमोजिम निलम्बन गरिएको उल्लेख छ।

कांग्रेस विधानको धारा ३४ (अनुशासन सम्बन्धी व्यवस्था) (ख) मा पार्टीको विधान, नियमावली विपरीत कार्य गरेमा अनुशासन उल्लंघन गरेको मानिने लेखिएको छ। प्रदेश कार्यसमितिलाई पठाएको पत्र बोधार्थ केन्द्रीय कार्यसमिति र केन्द्रीय अनुसाशान समितिलाई पनि पठाइएको छ।

प्रतिकृया दिनुहोस्

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...