News Portal

रामेछापको प्रदेशसभा ‘क’ निर्वाचन क्षेत्रका लागि एमालेबाट ८ जनाको नाम सिफारिस

हिमालीसंचार संवाददाता
२६० पटक

पुष्कर खड्का – रामेछाप नेकपा एमाले रामेछापले आगामी मंसिर ४ गते संघ तथा प्रदेशसभाको निर्वाचनका लागि रामेछापका राजनीतिक दलले उम्मेदवार सिफारिस गर्न थालेका छन्।नेकपा एमाले रामेछापको निर्वाचन क्षेत्र समन्वय कमिटी-१ ले प्रदेशसभा क्षेत्र ‘क’बाट आगामी मंसिरमा हुने निर्वाचनका लागि उम्मेदवार बन्न आकांक्षी ८ जनाको नाम सिफारिस गरेको छ।आज सदरमुकाम मन्थलीमा बसेको एमालेको बैठकले ८ जनाको नाम जिल्ला कमिटीमा पठाएको समन्वय कमिटीका संयोजक एवम् जिल्ला कमिटी उपसचिव होतराज ढकाले जानकारी दिनु भयो।

उहाँको जानकारी अनुसार सिफारिसमा परेकाहरुमा प्रदेश क अन्तर्गत वर्तमान प्रदेशसभा सदस्य शान्ति पौडेल,कुमार कार्की, बुद्धिबहादुर कार्की, उद्धव कडरिया, परशुराम वस्नेत, अर्जन कार्की, केशर पौडेल, अनिल कार्की रहेका छन् ।अब सोमबार बस्ने जिल्ला कमिटीको बैठकले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि आकांक्षीको नाम केन्द्रमा सिफारिस गर्ने छ।

 

 

प्रतिकृया दिनुहोस्

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...