News Portal

इँटा भट्टामा मान्छे जलाएको आरोप लागेका आलमलाई कांग्रेसले फेरि बनायो उम्मेदवार

हिमालीसंचार संवाददाता
२४६ पटक

काठमाडौ – नेपाली राजनीतिमा जे पनि हुन्छ भन्नेको नेपालीका यसले फेरि सावित गरेको छ। यस्तो आरोपित व्यक्तिलाई फेरि संसदीय चुनावमा सिफारिस गर्नु भनेको नेपाली कांग्रेसमा फेरि अर्को दुर्घटना निम्त्याउनु हो।

नेपाली कांग्रेसले जिउँदो मान्छेलाई इँटा भट्टामा जलाएको आरोप लागेका र हाल थुनामा रहेका मोहम्मद अफताव आलमलाई रौतहट क्षेत्र नम्बर –२  प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ। नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर –२ को क्षेत्रीय कमिटिले आलमलाई प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस गरेको हो।

आलम २०७४ को प्रतिनिधि सभामा रौतहट २ बाटै निर्वाचित भएका थिए।  बम विस्फोटमा संलग्न रहेको र घाइतेलाई जिउँदै इँटा भट्टामा हालेर जलाएको आरोपमा पक्राउ परेपछि उनी हाल निलम्बनमा  छन्।

२०६४ को संविधान सभाको निर्वाचनको एक दिनअघि चैत २७ गते शेख इद्रिसको घरमा बम विस्फोटमा सरुअठाका २४ वर्षका त्रिलोक प्रताप सिंह र २२ वर्षका ओसी अख्तरको मृत्यु भएको थियो। उक्त घटना लुकाउन विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इटाभट्टामा जलाइएको आरोप उनी माथि छ। प्रहरीले आलमलाई २०७६ सालको असोजमा पक्राउ गरेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

शंकास्पद रूपमा भारत लैजाँदै गरिएका बालबालिका फेला, ६ जनामाथि अनुसन्धान

दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले...