News Portal

गठबन्धनको भागबण्डा विवादबीच शेखर कोइराला-केपी ओली २ घण्टा वार्ता

हिमालीसंचार संवाददाता
३३१ पटक

१६ भदौ, २०७९ बिहीबार
काठमाडौँ। सत्तारुढ पाँच दलीय गठबन्धनबीच भागबण्डा विवाद नमिलिरहेकाबेला नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग दुई घण्टा वार्ता गरेका छन्। अध्यक्ष ओली गृहजिल्ला झापा जानुअघि कोइराला बिहीबार बालकोट पुगेर दुई घण्टा लामो वार्ता गरेका हुन्।

आगामी मंसिर ४ गतेको संसदीय निर्वाचनका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रसँग मुख्य तालमेल गरेर अघि बढेपछि कोइरालाले एमालेसँग गरेको वार्तालाई अर्थपूर्ण भनिएको छ। बालकोटमा दुई नेताबीच भएको वार्ताको पुष्टि कोइराला र ओली दुवैको सचिवालयले गरेको छ।

स्रोतका अनुसार उक्त वार्ता आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा केन्द्रित थियो। कांग्रेसको चौधौँ महाधिवेशनपछि देउवाले आफूलाई पेलिरहेको गुनासो गरेका शेखरले मंसिरमा हुने निर्वाचनका लागि ४० प्रतिशत उम्मेदवारी दिनुपर्ने माग गरिरहेका छन्।

तर उता देउवा गठबन्धन दलसँगै वार्तामा केन्द्रित भइरहेका बेला शेखरले पनि एमालेसँग संवाद गरेका हुन्। कांग्रेसमा आगामी निर्वाचनपछि बहुमत ल्याउने रणनीतिसहित गठबन्धनमा सय सिटको दाबी गरिरहेको छ। तर बिहीबार बालुवाटारमा भएको गठबन्धन बैठकमा कांग्रेस ९० सिटमा झर्न तयार भएको छ।

यसअघि कांग्रेसबाट गठबन्धनका कार्यदल संयोजक कृष्णप्रसाद सिटौलाले ९० सिट आसपास झरेर सहमति गर्न सकिने बताएका थिए। तर कांग्रेस महामन्त्री गगन थापाले सयबाट तल झरेर सम्झौता हुन नसक्ने अडान राखेका थिए।

यस्तोमा ९० सिट आसपासमा झरेर सहमति गर्ने तयारी देउवाले गरिरहेका छन्। उता शेखर समूहले पार्टीमा मागेजति भाग नपाएको अवस्थामा चाल्न सकिने विकल्पका लागि पार्टीबाहिर पनि छलफल थालेको हो। त्यही अन्तर्गत शेखर बालकोट पुगेका छन्।

स्रोतका अनुसार कांग्रेसमा शेखर समूहले देउवाले पेलेरै अघि बढेको अवस्थामा आगामी निर्वाचनमा कांग्रेसले छाडेका स्थानमा एमालेसँग मिलेर उम्मेदवारी दिने रणनीति समेत बनाएको छ।

गठबन्धनले भागबण्डा मिलाउन कोसिस गरिरहेका बेला शेखरले ओलीसँग गोप्य वार्ता गरेर फर्किएका छन्। उता शेखरसँग संवाद गरेका ओलीले कांग्रेसले गठबन्धनका नाममा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल जस्ता नेताहरुलाई साथमा लिएर हिँड्न नहुने बताउँदै आएका छन्।

ओलीसँगको भेटबारेमा शेखरनिकट एक नेताले पुष्टि गरे पनि विस्तृत कुराकानीबारे खुलाउन मानेनन्। ‘भेट भएको हो, उहाँहरूबीच ‘वन टु वन’ वार्ता भएको छ’, ती नेताले भने, ‘तर कतिपय कुराहरु हाम्रा आन्तरिक रणनीतिअनुसार भएका हुन सक्छन्। त्यसैले सबै कुरा सार्वजनिक गर्न मिल्दैन।’

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...