News Portal

केपी ओलीजत्ति लोकप्रिय नेता मुलुकमै कोही छैनः गोकर्ण विष्ट

हिमालीसंचार संवाददाता
३१६ पटक

१५ भदौ २०७९ बुधबार
काठमाडौँ। नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टी आफ्नै शक्तिका आधारमा निर्वाचनमा होमिने बताएका छन्। “हामी मूलतः आफ्नै शक्तिका आधारमा लड्छौं तर लोकतान्त्रिक, देशभक्त शक्तिसँगको तालेमलमा खुला नै छौं। संवाद त सबैसँग हुन्छ। तर फलानो पार्टी सँगै गर्छौं भन्ने निष्कर्षमा पुगिसकेका छैनौं,” नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता विष्टले भने।

कार्यकर्ता पंक्ति र जनताको साथल सहयोग र समर्थनले नै एमालेले बहुमत ल्याउने उनको दाबी छ। विष्टले भने, “हामीले सरकारमा रहँदा आधारभूत जनताको उत्थानका निम्ति पर्याप्त काम गरेका छौं। त्यो जनताले महसुस गरेका छन्। गठबन्धनलाई पराजित गर्ने या अस्वीकार गर्ने ताकत जनतासँग छ।”

हतारमा तालमेल र एकता भएकाले नेकपा टिकाउ नभएको पनि उनले बताए । विष्टले थपे, “२०७४ मा एमालेलाई एकल बहुमत मिलेको थिएन। अहिलेसम्म नेकपा एमालेले बहुमत पाएको छैन। माओवादीसँग हतारमा तालमेल र एकता गरिएको थियो। माओवादी अलग हुनासाथ हामी अल्पमतमा पर्यौं। मलाई लाग्छ, त्यो एकता वामपन्थी आन्दोलनलाई कमजोर बनाउने हिसाबले भएको पनि हुन सक्छ।”

केपी शर्मा ओली देशकै सबैभन्दा लोकप्रिय नेता भएकाले पार्टीले भावी प्रधानमन्त्री घोषणा गरेको पनि नेता विष्टको दाबी छ। उनले भने, “पार्टीको अध्यक्ष कमान्डर हो। केपी शर्मा ओली मुलुकको सबैभन्दा लोकप्रिय नेता पनि हो। त्यसैले भावी प्रधानमन्त्रीका रुपमा उहाँलाई पार्टीले अघि सारेको हो। ओली नेतृत्वको सरकारले नेपालको हितमा थुप्रै काम गरेको पनि छ। मानिस उमेरले युवा वा बूढो हुँदैन। मुख्य कुरा जनताका निम्ति कसले गर्न काम सक्छ भन्ने कुरामा आधारमा पार्टीले निर्णय गरेको हो।”

तपाईंको निर्वाचन क्षेत्रमा त तपाईंकै पार्टीबाट निस्कनुभएकी रामकुमारी झाँक्री उठ्ने हुनुभयो नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “गुल्मी–२ मेरो निर्वाचन क्षेत्र हो। अहिले पनि म त्यहाँकै बहालवाला सांसद हुँ। निर्वाचन आउँदै छ। कसैले उम्मेदवारी घोषणा गर्नुभएको हाला, कसैको बाँकी होला, नेपालको कानुनले योग्यता पुगेका सबैलाई निर्वाचनमा उठ्ने अधिकार दिएको छ। त्यसमा मेरो कुनै प्रतिक्रिया छैन। निर्वाचनमा को-को आउनुहुन्छ, को-को आउनुहुन्न, पछि नै निर्क्यौल होला।”

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...