News Portal

केपी ओलीजत्ति लोकप्रिय नेता मुलुकमै कोही छैनः गोकर्ण विष्ट

हिमालीसंचार संवाददाता
३०२ पटक

१५ भदौ २०७९ बुधबार
काठमाडौँ। नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टी आफ्नै शक्तिका आधारमा निर्वाचनमा होमिने बताएका छन्। “हामी मूलतः आफ्नै शक्तिका आधारमा लड्छौं तर लोकतान्त्रिक, देशभक्त शक्तिसँगको तालेमलमा खुला नै छौं। संवाद त सबैसँग हुन्छ। तर फलानो पार्टी सँगै गर्छौं भन्ने निष्कर्षमा पुगिसकेका छैनौं,” नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता विष्टले भने।

कार्यकर्ता पंक्ति र जनताको साथल सहयोग र समर्थनले नै एमालेले बहुमत ल्याउने उनको दाबी छ। विष्टले भने, “हामीले सरकारमा रहँदा आधारभूत जनताको उत्थानका निम्ति पर्याप्त काम गरेका छौं। त्यो जनताले महसुस गरेका छन्। गठबन्धनलाई पराजित गर्ने या अस्वीकार गर्ने ताकत जनतासँग छ।”

हतारमा तालमेल र एकता भएकाले नेकपा टिकाउ नभएको पनि उनले बताए । विष्टले थपे, “२०७४ मा एमालेलाई एकल बहुमत मिलेको थिएन। अहिलेसम्म नेकपा एमालेले बहुमत पाएको छैन। माओवादीसँग हतारमा तालमेल र एकता गरिएको थियो। माओवादी अलग हुनासाथ हामी अल्पमतमा पर्यौं। मलाई लाग्छ, त्यो एकता वामपन्थी आन्दोलनलाई कमजोर बनाउने हिसाबले भएको पनि हुन सक्छ।”

केपी शर्मा ओली देशकै सबैभन्दा लोकप्रिय नेता भएकाले पार्टीले भावी प्रधानमन्त्री घोषणा गरेको पनि नेता विष्टको दाबी छ। उनले भने, “पार्टीको अध्यक्ष कमान्डर हो। केपी शर्मा ओली मुलुकको सबैभन्दा लोकप्रिय नेता पनि हो। त्यसैले भावी प्रधानमन्त्रीका रुपमा उहाँलाई पार्टीले अघि सारेको हो। ओली नेतृत्वको सरकारले नेपालको हितमा थुप्रै काम गरेको पनि छ। मानिस उमेरले युवा वा बूढो हुँदैन। मुख्य कुरा जनताका निम्ति कसले गर्न काम सक्छ भन्ने कुरामा आधारमा पार्टीले निर्णय गरेको हो।”

तपाईंको निर्वाचन क्षेत्रमा त तपाईंकै पार्टीबाट निस्कनुभएकी रामकुमारी झाँक्री उठ्ने हुनुभयो नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “गुल्मी–२ मेरो निर्वाचन क्षेत्र हो। अहिले पनि म त्यहाँकै बहालवाला सांसद हुँ। निर्वाचन आउँदै छ। कसैले उम्मेदवारी घोषणा गर्नुभएको हाला, कसैको बाँकी होला, नेपालको कानुनले योग्यता पुगेका सबैलाई निर्वाचनमा उठ्ने अधिकार दिएको छ। त्यसमा मेरो कुनै प्रतिक्रिया छैन। निर्वाचनमा को-को आउनुहुन्छ, को-को आउनुहुन्न, पछि नै निर्क्यौल होला।”

प्रतिकृया दिनुहोस्

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...