News Portal

अवसर पाए जनताको सेवक भएर काम गर्ने इच्छा छ – चन्द्रबहादुर थापा नेता नेपाली कांग्रेस धादिङ

हिमालीसंचार संवाददाता
१२२२ पटक

धादिङ– सरकारबाट निर्वाचनको मिति घोषणा भएसँग देशभर निर्वाचनको माहोल तात्न थालेको छ। देशभरिबाट विभिन्न राजनीतिक दलका नेताकार्यकर्ताहरू निर्वाचनको तयारीमा जुटिरहेका छन। कतिपयले निर्वाचनमा आफ्नो उम्मेदवारी समेत प्रस्तुत गर्न थालिसकेका छन्।

यसैक्रममा दुईवटा संघीय निर्वाचन क्षेत्र भएको धादिङ जिल्लामा प्रदेशसभा क्षेत्र न. २(ख)बाट चन्द्रबहादुर थापाले उम्मेदवारी दिने इच्छा व्यक्त गरेका छन् । विगत लामो समयदेखि राजनीतिमा होमिएका थापा हाल कांग्रेस धादिङको निर्वाचित जिल्ला सदस्य हुन् भने धादिङ-काठमाडौ सम्पर्क समितिका उपाध्यक्ष समेत हुन् । त्यस्तै विभिन्न व्यावसायी संघ संस्थाहरूमा नेतृत्व तहमा रहेर काम गरिसकेका थापा ०६२/०६३ को जनआन्दोलनका घाइते पनि हुन्।

हिमाली सचार मिडिया सङ कुराकानीमा   धादिङ जिल्लाबाट प्रदेशसभा २ (ख)मा मेरो उम्मेदवारी दिने इच्छा छ तर पार्टीले गर्ने निर्णय नै मेरो निर्णय अर्थात् अवधारणा हुन्छ। यदि टिकट पाएँ भने जनताको चाहना र भावनाको उच्च सम्मान गर्दै जिम्मेवार भएर चुनावमा अगाडि बढ्छु।
अन्यथा पार्टीको निर्णय बमोजिम टिकट पाउने उम्मेदवारलाई असल राजनीतिक संस्कारभित्र रही सघाउँछु” थापाको भनाइ छ।यदि पार्टीको निर्णयबमोजिम टिकट पाए र जनताको चाहनाबमोजिम विजयी हुन सकें भने आफ्नो ५ वर्षे कार्यकाल भरी राज्य कोषबाट कुनै पनि तलबभत्ता नलिने, साधारण जीवनयापनमा जनताको शासक न भै सेवक बनेर समृद्ध धादिङ निर्माणमा काम गर्ने इच्छा छ भनी प्रतिबद्धता व्यक्त गर्दछन् थापा।

केही महिनाअगाडि मात्रै ठूलै दुर्घटनाबाट वाँचेका थापा आफूले पुनर्जन्म पाएकोजस्तै अनुभूति भैरहेको वर्तमान घडी जीवनकालको कम्तीमा ५ वर्ष राष्ट्रसेवक बनेर बिताउने लक्ष्य लिएको थापाको भनाइ छ र अन्तमा सम्बन्धित सबैसँग यश अभियानमा सहयोगको लागि विनम्र अनुरोध गर्दछु भनेरभन्छन् चन्द्रबहादुर थापा।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...