News Portal

कांग्रेस नेता प्रदीप गिरिको निधन

हिमालीसंचार संवाददाता
३३७ पटक

पुष्कर खड्का, रामेछाप – नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधन भएको छ। ७५ वर्षको उमेरमा नेता गिरीको शनिबार राति ९:३६ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गिरिको निधन भएको अस्पताल स्रोतले जनाएको छ।

प्रतिनिधि सभाको सांसद समेत रहेका गिरिलाई घाँटीको क्यान्सर भएपछि केही समयअघि उपचारका लागि भारतको मुम्बई लगिएको थियो। मुम्बईमा क्यान्सरको सफल उपचार गरेर नेपाल फर्किएका गिरिलाई लगत्तै निमोनिया संक्रमण देखिएपछि मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।

स्वास्थ्यमा क्रमिक सुधार देखिएको भनिएपनि केही दिनदेखि नेता गिरिको स्वास्थ्य अवस्था नाजुक रहेको खबर बाहिर आएका थिए। उनलाई ३ वर्ष अघि नै क्यान्सरको लक्षण देखिएको बताइएको छ।

नेता गिरि नेपाली राजनीतिका बौद्धिक नेताका रूपमा परिचित छन्। प्रखर वक्ता एवं समाजवादी चिन्तक समेत मानिने नेता गिरि नेपाली कांग्रेसका प्रभावशाली नेता थिए।

प्रतिकृया दिनुहोस्

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...