News Portal

खोटाङमा जसपा परित्याग गरेका टोली माओवादी केन्द्रमा समाहित

हिमालीसंचार संवाददाता
३५७ पटक

खोटाङ – जनता समाजवादी पार्टी नेपाल परित्याग गरेका टंकबहादुर थापा लगायतको समूह नेकपा माओवादी केन्द्रमा समाहित हुने भएको छ । साउन ३० गतेसम्म जसपा नेपालको केन्द्रीय नेतृत्वले पार्टीलाई सहि दिशा दिन नसकेको भन्दै पार्टी परित्याग गरेका समुहले आज एक प्रेस विज्ञप्ति जारी गरेर माओवादी केन्द्रमा समाहित भएको जनाएको हो ।

लामो समयदेखि मुलुकको आमुल परिवर्तनको खातिर विभिन्न किसमका राजनीतिक आन्दोलनहरुमा सहभागी भई अग्रगामी परिवर्तनको पक्षमा निरन्तर संघर्षरत गरेको, पहिचान सहितको संघीयता, संघीय लोकतान्त्रिक गणतन्त्रको नेपालको संस्थागत विकास र समाजवादी आन्दोलनको मुल प्रवाहबाट पृथक नरहने भन्दै उनिहरुले माओवादी केन्द्र रोजेका विज्ञप्तिमा उल्लेख गरेको छ।

अहिले मुलुकले समाजवादी राजनीतिक नेतृत्वका साथ सहि राजनीतिक कार्यक्रम, राजनैतिक कार्यदिशा दिन सक्ने विचारको खोजि गरिरहेको छ । यसै सन्दर्भमा मुलुकलाई वर्तमान राजनीतिक परिवेशसम्म ल्याई पु¥याउन लामो समय शसस्त्र विद्रोह, शान्तिपूर्ण आन्दोलनको नेतृत्व गर्दै वर्तमान उपलब्धीको समानुपातिक समावेशी राज्यको नीति स्थापना गर्ने वैचारिक तथा सैद्धान्तिक हिसाबले नेपालको एकमात्र वैकल्पिक राजनीतिक पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रहेको हाम्रो ठहर गरेको विज्ञप्तिमा उल्लेख छ ।

जिल्ला तहमा छलफल गरि माओवादीमा समाहित भएको जिल्ला, पालिका, वडा र टोल स्तरसम्म हुने विज्ञप्तिमा उल्लेख छ । समायोजनमा टंकबहादुर थापा, देवकुमार राई, नविन किशोर राई, दिपककुमार तामाङ, प्रवचन राई, मनोज राई, जुलन राई, सविन राई, किरण राई, सन्तोष तामाङ, भुवन राई, कर्ण तामाङ र मेख बहादुर तामाङ समाहित भएका हुन्।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...