News Portal

खोटाङमा जसपा परित्याग गरेका टोली माओवादी केन्द्रमा समाहित

हिमालीसंचार संवाददाता
३८९ पटक

खोटाङ – जनता समाजवादी पार्टी नेपाल परित्याग गरेका टंकबहादुर थापा लगायतको समूह नेकपा माओवादी केन्द्रमा समाहित हुने भएको छ । साउन ३० गतेसम्म जसपा नेपालको केन्द्रीय नेतृत्वले पार्टीलाई सहि दिशा दिन नसकेको भन्दै पार्टी परित्याग गरेका समुहले आज एक प्रेस विज्ञप्ति जारी गरेर माओवादी केन्द्रमा समाहित भएको जनाएको हो ।

लामो समयदेखि मुलुकको आमुल परिवर्तनको खातिर विभिन्न किसमका राजनीतिक आन्दोलनहरुमा सहभागी भई अग्रगामी परिवर्तनको पक्षमा निरन्तर संघर्षरत गरेको, पहिचान सहितको संघीयता, संघीय लोकतान्त्रिक गणतन्त्रको नेपालको संस्थागत विकास र समाजवादी आन्दोलनको मुल प्रवाहबाट पृथक नरहने भन्दै उनिहरुले माओवादी केन्द्र रोजेका विज्ञप्तिमा उल्लेख गरेको छ।

अहिले मुलुकले समाजवादी राजनीतिक नेतृत्वका साथ सहि राजनीतिक कार्यक्रम, राजनैतिक कार्यदिशा दिन सक्ने विचारको खोजि गरिरहेको छ । यसै सन्दर्भमा मुलुकलाई वर्तमान राजनीतिक परिवेशसम्म ल्याई पु¥याउन लामो समय शसस्त्र विद्रोह, शान्तिपूर्ण आन्दोलनको नेतृत्व गर्दै वर्तमान उपलब्धीको समानुपातिक समावेशी राज्यको नीति स्थापना गर्ने वैचारिक तथा सैद्धान्तिक हिसाबले नेपालको एकमात्र वैकल्पिक राजनीतिक पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रहेको हाम्रो ठहर गरेको विज्ञप्तिमा उल्लेख छ ।

जिल्ला तहमा छलफल गरि माओवादीमा समाहित भएको जिल्ला, पालिका, वडा र टोल स्तरसम्म हुने विज्ञप्तिमा उल्लेख छ । समायोजनमा टंकबहादुर थापा, देवकुमार राई, नविन किशोर राई, दिपककुमार तामाङ, प्रवचन राई, मनोज राई, जुलन राई, सविन राई, किरण राई, सन्तोष तामाङ, भुवन राई, कर्ण तामाङ र मेख बहादुर तामाङ समाहित भएका हुन्।

प्रतिकृया दिनुहोस्

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...

आज २०८२ साल चैत २२ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...