News Portal

खोटाङ जिल्लाबाट अध्यक्ष थापा सहित ३९ जना नेताले जसपा परित्याग गरे

हिमालीसंचार संवाददाता
३१५ पटक

खोटाङ – खोटाङ जिल्लाबाट जनता समाजवादी पार्टीका ३९ जना नेताले पार्टी परित्याग गरेका छन् । केन्द्रीय नेतृत्वले पार्टीलाई सहि दिशा दिन नसकेको, सैद्धान्तिक र वैचारिक पथमा विचलन आएको, सांगठानिक र सैद्धान्तिक रुपमा पार्टीलाई विघटनको दिशातर्फ लगेको निस्कर्ष निकाल्दै जिल्ला अध्यक्ष टंक थापा सहित ३९ जना नेताले जसपा परित्याग गरेका हुन् ।

जिल्ला अध्यक्ष टंक थापाले सोमबार खोटाङ दिक्तेलमा पत्रकार सम्मेलन गर्दै ११ पदाधिकारीमध्ये ७ जना, ५३ सचिवालय सदस्यमध्ये २३ जना, ७ केन्द्रीय सदस्यमध्ये २ जना र ६ जना प्रदेश सदस्यमध्ये ३ जनाले जसपा पार्टी परित्याग गरेको जानकारी दिए ।

जिल्ला अध्यक्ष टंक थापा, उपाध्यक्ष मणि राई, नविनकिशोर राई, बसन्ती राई, सचिव जिवराज पोख्रेल, सह–सचिव आशिस राई र कोषाध्याक्ष सावित्री राईले जसपा छाडेका पत्रकार सम्मेलन मार्फत जानकारी दिए। 

यस्तै, केन्द्रीय अनुशासन आयोग सदस्य बीरबहादुर राई, प्रदेश समिति सदस्य मोहन गुरुङ, किरात राष्ट्रिय समिति सदस्य देवकुमार राई र गिता श्रेष्ठले पनी जसपा पार्टी परित्याग गरेका छन् । जसपाले जिल्ला कमिटिको बैठक बोलाएकै दिन उनीहरुले जसपा पार्टीबाट अलग भएको घोषणा गरेका हुन् ।

जिल्ला अध्यक्ष थापाका अनुसार जिल्ला सल्लाहाकार सदस्य पंचशेर राई, सचिवालय सदस्य दिपककुमार तामाङ, प्रवचन राई, मनोज राई, ऐसेलुखर्क पालिका अध्यक्ष किशोर राई, ऐसेलुखर्क उपाध्याक्ष कृष्ण राई लगायतले जसपा छाडेका हुन् ।

उनीहरुले समावेशी सु-शासन तथा समृद्धि र समाजवादको अभियानकालागि अग्रगामी परिवर्तन र वैकल्पिक राजनीतिको माध्यामबाट जनता र परिवर्तनको पक्षमा निरन्तर उभिने प्रतिवद्धता सहित जसपा पार्टी परित्याग गरेको बताएका छन् । उनाहरुले छलफल गर्ने र अनूकुलको पार्टीमा प्रवेश गर्ने तयारी गरिएको समेत थापाले बताए । तर, कुन पार्टी भन्ने स्पष्ट खुलाएनन् । 

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...