News Portal

जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त

हिमालीसंचार संवाददाता
३२४ पटक

काठमाडौं – जनार्दन शर्मा पुन: अर्थमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन् ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि गत असार २२ गते उनले पदबाट राजीनामा दिएका थिए । संसदले उनीमाथि छानबिन गर्न विशेष संसदीय समिति गठन गरेलगत्तै शर्माले राजीनामा गरेका थिए ।

संसदीय छानबिन समितिले सफाइ दिएसँगै शर्मा पुनः अर्थमन्त्रालयको जिम्मेवारी आउन लागेका हुन् । आइतबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आरोपबाट सफाई पाएका शर्मालाई नियुक्त गर्न प्रधानमन्त्री देउवा समक्ष सिफारिस गरेका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

शंकास्पद रूपमा भारत लैजाँदै गरिएका बालबालिका फेला, ६ जनामाथि अनुसन्धान

दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले...