News Portal

राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्मा नैं पुन: अर्थमन्त्री हुने निश्चित

हिमालीसंचार संवाददाता
३७४ पटक

काठमाडौं – निवर्तमान अर्थमन्त्री जर्नादन शर्मामाथिको लागेका आरोप पुष्टि हुने आधार भेटिएन । उनले बजेट निर्माणका समयमा असम्बन्धित व्यक्तिको संलग्नता रहेको आरोप सहित करको दर हेरफेर गरेको आरोप लागेपछि चौतर्फी राजीनामको आवाज उठेपछि राजीनामा दिएका थिए।

नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको रिपोर्ट संसदको विशेष समितिका सदस्यहरुले फुटेज हेर्दा कोहीपनि व्यक्ति छिरेको पुष्टि हुन सकेन । विश्वस्त स्रोतका अनुसार अर्थ मन्त्रालयमा कोहि व्यक्ति पसेको नभेटिएपछि सिंहदरबारस्थित मूल गेटको फुटेज मागियो । तर, उक्त फुटेज १६ दिनमात्र रहने भनी गृह मन्त्रालयले पत्र पठायो ।

संसदको विशेष समितिले शर्मामाथिको आरोप पुष्टि गर्ने आधार नभेटेपछि कस्तो प्रतिवेदन बनाउला ? सर्वत्र चासो बनेको छ । आरोप पुष्टि नहुने भएकाले शर्मा फेरि अर्थमन्त्रीका रुपमा फर्कने बुझिएको छ । माओवादीका नेता बर्षमान पुनले आरोप पुष्टि भएन भने शर्मा नै अर्थमन्त्रीका रुपमा आउनु हुने बताएका थिए। 

शर्माले छानविनलाई सहज बनाउन प्रतिनिधि सभामा पुगेर राजीनामाको घोषणा गरेका थिए । उनको राजीनामा पछि प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थ मन्त्रालयको जिम्मेवारी आफैले सम्हालेर  कसैलाई नियुक्त गरेनन् । माओवादी अध्यक्ष प्रचण्डले पनि पार्टीका अन्य आकांक्षीलाई अगाडि नसारेका कारण पनी शर्मा नै पुनः अर्थमन्त्री हुने निश्चितप्राय भएको छ ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...