News Portal

रमेश चौधरीले बर्दिया-२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार दिने

हिमालीसंचार संवाददाता
२८२ पटक

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीबाट रेशम चौधरीले उम्मेदवार दिने बताएकी छिन् । रेशम चौधरीले बर्दिया–२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने चाहना राखेको अध्यक्ष श्रेष्ठले बताइन् ।

जेलमा रहेका चौधरीले कानूनी व्यवसायीसँग यसबारे छलफल गरेको र उम्मेदवार बन्न कानूनी अड्चन नरहेको भन्ने निष्कर्षका आधारमा उनले उम्मेदवार दिने भएका हुन् । रेशम चौधरी उम्मेदवार बन्न लागेपछि नागरिक उन्मुक्ति पार्टीले उक्त क्षेत्रमा आक्रमक ढंगले पार्टीको संगठन विस्तार गरिरहेका छन्। 

अध्यक्ष श्रेष्ठका अनुसार उनकै विशेष उपस्थितिमा सोमबार बर्दिया–२ को मधुवन नगरपालिकामा प्रत्येक एक घर, एक कार्यकर्ता पार्टी प्रवेश अभियान चलाउने भएका छन्। २०७४ सालको निर्वाचन क्षेत्र चौधरी निर्वाचित भएको कैलाली–१ बाट भने अध्यक्ष श्रेष्ठ उम्मेदवार हुने भएकी छन् । अघिल्लो निर्वाचन क्षेत्रबाट चौधरी निर्वाचित भएको क्षेत्रमा अहिले आफूले उम्मेदवारी दिने श्रेष्ठले बताए। 

उनले भनिन्, ‘चौधरी उक्त क्षेत्रबाट यस अघि अत्याधिक मतले जित्नु भयो । तर कानूनी जटिलताले जनताको सेवा गर्न पाउनु भएन । यसपटक जनताले उहाँको प्रतिनिधिकै रुपमा मलाई विजयी गराउने छन् भन्ने आशा लिएकी छु ।’ उता वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले ज्यान मुद्दामा कारागारमा रहेका रेशम चौधरी सांसदको उम्मेदवार हुन नपाउने जिकिर गर्छन् । 

उनले भने, ‘यसअघि फरार रहेको बेला रेशमलगायत टीकापुर घटनाको मुद्दामा कुनै फैसला भएको थिएन । अहिले जिल्ला र उच्च अदालतबाट दोषी ठहर भएको अवस्था छ । यस्तोमा उम्मेदवारी दिन सक्ने कुनै गुन्जाइस छैन ।’

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...