News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • आउनुस् वामपन्थी एकता गरौं: गल्ती भइहाल्यो, मिलेर सरकार बनाउ – अध्यक्ष ओली

    हिमालीसंचार संवाददाता
    ३१५ पटक

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका सबै वामपन्थी शक्तिहरु वामपन्थी एकतामा आउन कम्युनिस्टहरुलाई अपिल गरेका छन्।

    काठमाडौंमा आयोजित नेपाल–चीन हिमालयमैत्री समाजको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अब सच्चा वामपन्थीहरु कांग्रेस नेतृत्वको गठबन्धन छोडेर वाम एकतामा आउन, अब वामपन्थीहरु मिलेर सरकार बनाउनुपर्नेमा जोड दिएका हुन्। 

    अध्यक्ष ओलीले चौँरीको पुच्छरजस्तो कांग्रेसको पछि लाग्ने पनि वामपन्थी हुन्छ? भन्दै प्रश्न गरे। आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वाम एकता र तालमेलका लागि आग्रह गरेपछि ओलीले जवाफमा भने, ‘यदि सच्चा वामपन्थी हुनुहुन्छ भने कांग्रेसका पछाडि नलाग्नुस्, गठबन्धनका पछाडि नलाग्नुस्। एसपीपी नगर्नुस्। वामपन्थी एकतामा आउन आह्वान गर्छु।’ उनको भनाई थियो। 

    नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन अदालत जानेहरु वामपन्थी हुन भन्दै प्रश्न दोहोर्‍याएका ओलीले सधै कांग्रेसको पुच्छर भएर हुँदैन। खोइ कम्युनिस्ट पार्टी ? कम्युनिस्ट सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउन अदालत गएको होइन ? संसदबाट सकिएन परमादेशबाट सरकार बनाइ पाउ भनेर जानेहरु वामपन्थी हुन् ? कोही वामपन्थी हुनुहुन्छ भने आउनुस्। गल्ती भइहाल्यो ल छोडौं। वामपन्थी हुनुहुन्छ भने आउनुस्। एमालेसँग मिलेर जाउ,’ उनले अपिल थियौ। 

    अध्यक्ष ओलीले आफूहरु कांग्रेसविरोधी नभएको र देश, लोकतन्त्र, कानूनी राज्यको पक्षमा उभिने वाम सरकार बनाउन चाहेको बताए। ‘निष्पक्ष चुनाव गर्ने सरकार बनाउ। वामपन्थी कोही हुनुहुन्छ भने आउनुस्। रातो सेतो बर्को ओढ्ने बेग्लै कुरा हो। बर्को छोडौं। असली रुपमा आउ। वामपन्थी हुनुहुन्छ भने आउनुस्। राष्ट्रिय राजनीतिमा सहमतिका साथ जाउ,’ उनको आग्रह थियो। 

    प्रतिकृया दिनुहोस्

    एमसीसी बन्द गर्ने तयारीमा अमेरिका: डजले सुरु गर्‍यो कर्मचारी कटौती

    वासिङ्टन डीसी, वैशाख ११ – एलन मस्कको नेतृत्वमा रहेको ट्रम्प प्रशासन अन्तर्गतको सरकारी खर्च कटौती...

    शिक्षक आन्दोलन चर्किंदै जाँदा विद्यार्थीहरू गाउँघरमा खेल्न व्यस्त

    मोरङ, वैशाख ११ – पछिल्ला तीन सातादेखि काठमाडौंमा शिक्षकहरू आन्दोलनरत छन्। देशभरका सामुदायिक विद्यालयहरू बन्द...

    आजको राशिफल

    आज वैशाख ११, २०८२ (अप्रिल २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    संतुलित कुटनैतिक संम्बन्ध आजको आबश्यकता

    अस्थिर राजनीतिले निम्त्याएको संकटमा देश दिनप्रतिदिन खस्किदो अबस्थामा पुग्यो। जनगुनासो सुन्ने नैतिक जिम्मेवारी, जन-उत्तरदायी नभएको...

    पहलगाम आतंकी हमला : लस्कर-ए-तोयबाका तीन आतङ्ककारीको नाम खुले

    काठमाडौं, वैशाख १० – भारतको जम्मु कश्मीरस्थित पर्यटकीय क्षेत्र पहलगाममा वैशाख ९ गते भएको आतङ्कवादी...