News Portal

बाबुरामले छुट्टै बैठक बोलाएपछि उपेन्द्रले लगाए अराजकको ट्याग !

हिमालीसंचार संवाददाता
२९७ पटक

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) विभाजनको निश्चित भएको छ। संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले एउटै समयमा बेग्लाबेग्लै बैठक बोलाएपछि फुटको सुनिश्चित भएको हो।

जसपाबाट अलग हुने तयारीमा रहेको बाबुराम पक्षले असार २८ र २९ मा काठमाडौंमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ भने, अध्यक्ष उपेन्द्रले वीरगञ्जमा असार २९ र ३० बैठक बोलाएका छन्।

बैठकमा पार्टीको आन्तरिक विषय, चुनावी समीक्षा र आगामी योजनाबारे छलफल हुने बाबुरामनिकट नेता विश्वदीप पाण्डेले बताए।

अध्यक्षद्वयबीच पार्टीबाट अलग हुने सहमति बनिसकेपछि पनि उपेन्द्र पक्षले काठमाडौंमा बोलाएको बैठक आधिकारिक नभएको भन्दै सर्कुलर जारी गरेको छ।

विभाजनको मुखमा रहेको बेलामा पार्टीमा बहुमत पुर्याउन यही बैठकले निर्धारण गर्ने नेताहरुको बुझाइ छ।

बाबुराम पक्षको बैठकमा नजान जसपा केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘केही अराजक एवम् गैरजिम्मेवार व्यक्तिहरूले पार्टीको विधान र निर्णयविपरीत अवैधानिक तथा अनधिकृत रूपमा सोही दिन जसपा, नेपालको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंमा बस्ने भनी सामाजिक सञ्जाललगायत केही संचार माध्यमबाट भ्रम फैलाइरहेको बुझिन आएको हुँदा काठमाडौंमा सोही दिन पार्टीको यस प्रकारको कुनै पनि आधिकारिक बैठक नरहेको जानकारी गराइन्छ।’

प्रतिकृया दिनुहोस्

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...