News Portal

बाबुरामले छुट्टै बैठक बोलाएपछि उपेन्द्रले लगाए अराजकको ट्याग !

हिमालीसंचार संवाददाता
२४६ पटक

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) विभाजनको निश्चित भएको छ। संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले एउटै समयमा बेग्लाबेग्लै बैठक बोलाएपछि फुटको सुनिश्चित भएको हो।

जसपाबाट अलग हुने तयारीमा रहेको बाबुराम पक्षले असार २८ र २९ मा काठमाडौंमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ भने, अध्यक्ष उपेन्द्रले वीरगञ्जमा असार २९ र ३० बैठक बोलाएका छन्।

बैठकमा पार्टीको आन्तरिक विषय, चुनावी समीक्षा र आगामी योजनाबारे छलफल हुने बाबुरामनिकट नेता विश्वदीप पाण्डेले बताए।

अध्यक्षद्वयबीच पार्टीबाट अलग हुने सहमति बनिसकेपछि पनि उपेन्द्र पक्षले काठमाडौंमा बोलाएको बैठक आधिकारिक नभएको भन्दै सर्कुलर जारी गरेको छ।

विभाजनको मुखमा रहेको बेलामा पार्टीमा बहुमत पुर्याउन यही बैठकले निर्धारण गर्ने नेताहरुको बुझाइ छ।

बाबुराम पक्षको बैठकमा नजान जसपा केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘केही अराजक एवम् गैरजिम्मेवार व्यक्तिहरूले पार्टीको विधान र निर्णयविपरीत अवैधानिक तथा अनधिकृत रूपमा सोही दिन जसपा, नेपालको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंमा बस्ने भनी सामाजिक सञ्जाललगायत केही संचार माध्यमबाट भ्रम फैलाइरहेको बुझिन आएको हुँदा काठमाडौंमा सोही दिन पार्टीको यस प्रकारको कुनै पनि आधिकारिक बैठक नरहेको जानकारी गराइन्छ।’

प्रतिकृया दिनुहोस्

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...