News Portal

देउवा सरकार ढाल्न भित्रभित्रै चल्यो यस्तो खेल, बहुमतका लागि ७ सांसदको खोजी

हिमालीसंचार संवाददाता
३७२ पटक

काठमाडौं। शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेकामध्येको दललाई समर्थन फिर्ता गर्न लगाउने र विपक्षमा बहुमत प्रतिनिधि सभा सदस्य संख्या पुर्याएर अगाडि बढ्ने खेलहरु भित्र-भित्र चल्न थालेको छ।

विशेषगरी नेकपा एमालेले यस्तो प्रयास थालेको बुझिएको छ। देउवालाई अहिले बहुमत सांसदको समर्थन छ। जसपा र नेकपा एसमध्ये एक दलले समर्थन फिर्ता लिएमात्र पनि सरकार अल्पमतमा पर्छ।

यी दुवै दल फुटेर बन्ने समूह देउवाविरुद्ध उभिएपनि अल्पमतमा पर्छ। जसपा र नेकपा एस दुवै फुटको खतरामा छन्।

एमालेको ९१ सांसद छन्। विश्वस्त स्रोतका अनुसार देउवाविरुद्ध बहुमत सांसद जुटाउने प्रयासमा एउटा समूह नै लागेको छ। ७ देखि १० सांसद नपुगेर कुरा मिल्न सकेको छैन।

देउवा अल्पमतमा परेमा उनी विश्वासको मत लिन अगाडि बढ्न सक्छन्। मत नपाए सदन विघटन गरी चुनावको घोषणामा पुग्न सक्छन्।

तर, राष्ट्रपति समक्ष बहुमत सांसद बनाएर देउवाको विकल्प खोज्ने रणनीतिमा एउटा पक्ष छ। त्यसपछि यो विषय फेरि अदालत जान सक्छ।

अहिलेको घटनाक्रमले देउवालाई जसरी हुन्छ संसद विघटनका लागि वाध्यकारी बनाउन सक्छ। २०५८ मा पनि देउवाले प्रतिनिधि सभा विघटन गरी चुनाव घोषणा गरेका थिए।

तर, चुनाव गर्न नसकेपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्रीबाट हटाएर सत्ता हातमा लिएका थिए। देउवालाई फेरि पुरानै अवस्थामा पुर्याउने चलखेलहरु भइरहेको छ।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...