News Portal

तराईलाई मरुभूमि हुनबाट बचाउन चुरे क्षेत्रको संरक्षण : पूर्वराष्ट्रपति यादव

हिमालीसंचार संवाददाता
२४० पटक

काठमाडौं। पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले तराईलाई मरुभूमि हुनबाट बचाउन चुरे क्षेत्रको संरक्षण गर्नुपर्ने बताएका छन्।

जनकपुरमा शनिबार भएको कार्यक्रममा पूर्वराष्ट्रपति यादवले चुरे क्षेत्र जैविक विविधतायुक्त क्षेत्र भएको उल्लेख गर्दै त्यसलाई जोगाउनुपर्ने बताएका हुन्।

पछिल्लो समयमा चुरेको दोहन भइरहेकाले मधेशमा पानीको मुहान सुक्न थालेको, कृषियोग्य जमिन विस्तारै मरुभूमिमा परिणत हुँदै गइरहेको भन्दै चिन्ता समेत व्यक्त गरे।

मधेश प्रदेशमा धेरै सम्भावना रहेको उल्लेख गर्दै पूर्वराष्ट्रपति यादवले तिनलाई अधिकतम सदुपयोग गरी उत्पादनमूलक क्षेत्रमा उपयोग गर्नुपर्ने सुझाव समेत दिएका छन्।

कार्यक्रममा पूर्वराष्ट्रपति यादबले सबै नेपालीको साझा दस्तावेजका रूपमा रहेको संविधान जोगाउनुपर्ने बताएका छन्।

कार्यक्रममा यादवले संविधान मधेश–पहाड–हिमालका साथै पूर्व–पश्चिम र उत्तर–दक्षिणलाई जोड्ने दस्तावेजका रूपमा रहेको बताएका हुन्।

पटक–पटक लोकतन्त्र र संविधानप्रति आक्रमण भएको वताउँदै पूर्वराष्ट्रपति यादवले संविधानमाथि आक्रमण गर्दै प्रतिनिधिसभा विघटन भएको प्रति टिप्पणी समेत गरे।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...