काठमाडौं – तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरु हालको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठबीच ललितपुरस्थित एक नेताको घरमा भेटवार्ता भएको छ।
भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससंगको गठबन्धन आदि विषयमा छलफल भएको बताएको छ । नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारी समेत भएको छ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले साविक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरुबीच ललितपुरमा भेट भएको बताए।