News Portal

वामदेव गौतमले गरे आफूलाई पार्टीबाट ‘आउट’ गर्ने ५ नेतालाई निष्कासन

हिमालीसंचार संवाददाता
३७५ पटक

काठमाडौँ। केही दिनअघि मात्र गठित नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आफूलाई पार्टीबाट ‘आउट’ गर्ने ५ नेतालाई निष्कासन गरेको बताएका छन्।

आइतबार बिहान नेपालखबरसँग कुरा गर्दै उनले पाँचै जनालाई निष्कासन गरेको दाबी गरे। ‘हामीले उहाँहरु पाँचैजना हस्ताक्षर गर्नेहरुलाई निष्कासन गरिसकेका छौं,’ गौतमले नेपालखबरसँग भने, ‘त्यसमा हस्ताक्षर गर्नेहरुले हामीसमक्ष माफी मागेर यसअघि भएका क्रियाकलाप गलत भएको रियलाइज गरे कारबाहीबारे पुनर्विचार गर्न सक्छौं।’

यसअघि शनिबार युवराजलगायत राष्ट्रिय अभियानमा मिसिएका चार दलका पाँच नेताले चाहिँ संयोजक गौतमलाई कारबाही गरेर पार्टीबाट निष्कासन गरेको निर्णय गरेका थिए। तर, शनिबारै बेलुका उनीहरुलाई आफूले कारबाही गरेको गौतमले दाबी गरे।

‘हिजो साँझको बैठकबाट त्यो निर्णय गरेका छौं। त्यसको मुख्य कर्ता युवराज सफल भन्ने अत्यन्त घातक र नेपालका निम्ति जुनसुकै बेला जस्तो पनि काम गर्नसक्ने मान्छे हुन्,’ गौतमले थपे, ‘यति लामो समयको कम्युनिस्ट आन्दोलनमा यस्तो खालको व्यक्ति फेला पारियो, जसमा मैले विश्वास गरेँ, अहिले उल्टो क्रियाकलाप गर्नुभयो।’

 

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...