News Portal

वामदेव गौतमले गरे आफूलाई पार्टीबाट ‘आउट’ गर्ने ५ नेतालाई निष्कासन

हिमालीसंचार संवाददाता
४३७ पटक

काठमाडौँ। केही दिनअघि मात्र गठित नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आफूलाई पार्टीबाट ‘आउट’ गर्ने ५ नेतालाई निष्कासन गरेको बताएका छन्।

आइतबार बिहान नेपालखबरसँग कुरा गर्दै उनले पाँचै जनालाई निष्कासन गरेको दाबी गरे। ‘हामीले उहाँहरु पाँचैजना हस्ताक्षर गर्नेहरुलाई निष्कासन गरिसकेका छौं,’ गौतमले नेपालखबरसँग भने, ‘त्यसमा हस्ताक्षर गर्नेहरुले हामीसमक्ष माफी मागेर यसअघि भएका क्रियाकलाप गलत भएको रियलाइज गरे कारबाहीबारे पुनर्विचार गर्न सक्छौं।’

यसअघि शनिबार युवराजलगायत राष्ट्रिय अभियानमा मिसिएका चार दलका पाँच नेताले चाहिँ संयोजक गौतमलाई कारबाही गरेर पार्टीबाट निष्कासन गरेको निर्णय गरेका थिए। तर, शनिबारै बेलुका उनीहरुलाई आफूले कारबाही गरेको गौतमले दाबी गरे।

‘हिजो साँझको बैठकबाट त्यो निर्णय गरेका छौं। त्यसको मुख्य कर्ता युवराज सफल भन्ने अत्यन्त घातक र नेपालका निम्ति जुनसुकै बेला जस्तो पनि काम गर्नसक्ने मान्छे हुन्,’ गौतमले थपे, ‘यति लामो समयको कम्युनिस्ट आन्दोलनमा यस्तो खालको व्यक्ति फेला पारियो, जसमा मैले विश्वास गरेँ, अहिले उल्टो क्रियाकलाप गर्नुभयो।’

 

प्रतिकृया दिनुहोस्

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...