News Portal

स्वतन्त्र उम्मेदवारले स्नातक पास, सम्पत्ति विवरण र पुलिस रिपोर्ट सार्वजनिक गर्नुपर्ने मापदण्ड

हिमालीसंचार संवाददाता
४१० पटक

काठमाडौं – ‘स्वतन्त्र उम्मेदवारी अभियान’को विशेष भेलाले स्वतन्त्र सांसद बन्नका लागि कम्तिमा स्नातक तह उत्तीर्ण हुनुपर्ने मापदण्ड अघि सारेको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आजबाट सुरु भएको भेलाले आगामी संसदीय निर्वाचनका लागि मापदण्ड र रणनीति तय गर्नेगरी छलफल थालेको हो ।

स्वतन्त्र उम्मेदवारी अभियानको भेलाले संसदीय तथा प्रदेश चुनावमा उम्मेदवार हुनका लागि कम्तिमा पनी स्नातक तह पास भएको हुनु पर्ने र ६८ वर्ष ननाघेको हुनुपर्ने मापदण्ड तय गरेका छन्। 

‘हामीले मत दिने उम्मेदवार विरासत, पैसा, इतिहासको ब्याज र सम्प्रदायका आधारमा होइन, व्यक्तिगत क्षमता, योग्यता, कार्ययोजना र नैतिकवान् चरित्रका आधारमा तय हुनेछ,’ मापदण्ड तय गर्दै दस्तावेजमा भनिएको छ, ‘राज्यले नै ६८ वर्षको व्यक्तिलाई वृद्धभत्ता तोकिसकेको हुनाले हामीले मतदान गर्ने उम्मेदवार अधिकतम ६८ वर्ष नकटेको हुनेछ ।’

त्यस्तै, प्रत्यक्षतर्फ निर्वाचन लड्ने स्वतन्त्र उम्मेदवारले चुनाव लड्ने घोषणा गरेकै दिन आफ्नो सम्पत्ति विवरण, चरित्र स्वच्छ प्रहरी रिपोर्ट समेत सार्वजनिक गरिएको हुनुपर्ने मापदण्ड तय गरिएको छ ।

त्यस्तै, उम्मेदवार बन्ने व्यक्ति राज्यको नीति निर्माण गर्ने थलोमा स्वार्थ बाझिनेखालको हुन नहुने पनि मापदण्डमा उल्लेख छ । ‘जस्तैः निजी व्यवसायी, व्यापारी एवं ठेकेदारहरु नै सांसद, मन्त्री वा संसदीय समितिका सभापति बन्ने परिपाटीको अन्त्य गरिनुपर्दछ,’ मापदण्डमा भनिएको छ, ‘विदेशमा ग्रिनकार्ड वा पीआर लिएका व्यक्तिलाई स्वतन्त्र उम्मेदवारका रुपमा मतदान गर्न वा स्वतन्त्र उम्मेदवार मान्न सकिनेछैन।’ भनिएको छ। 

प्रतिकृया दिनुहोस्

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...

आज २०८२ साल चैत २२ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...