News Portal

अध्यक्ष प्रचण्ड र राजेश हमाल बिच भेटवार्ता

हिमालीसंचार संवाददाता
२४९ पटक

काठमाडौं  – अभिनेता राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । शुक्रबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा भेटधाट भएको हो ।

अभिनेता हमाललाई भेटको अवसर संगीतकार चेतन सापकोटाले मिलाइदिएका हुन् । उक्त भेट राजेश हमाल र प्रचण्डको इच्छाअनुसार गराइएको चेतन सापकोटाले बताए। भेटवार्ता करिब आधा घण्टा भएको थियो । भेटमा समसामयिक देशको राजनीति, श्रीलङ्काको राजनीति र अन्य गतिविधिका विषयमा छलफल भएको चेतन सापकोटाले जानकारी दिए ।

अभिनेता राजेश हमाल नेकपा माओवादीमा प्रवेश गर्न लागेका हुन् र ? भन्ने सोधेको प्रश्नमा चेतनले आफूलाई यसबारे केही पनि थाहा नभएको बताए । चेतनले भने, ‘म पाँच मिनेट जति मात्रै प्रचण्ड र राजेश हमालसँग भित्र बसेको थिएँ । त्यसपछि बाहिर गएँ । १५–२० मिनेट उहाँहरुले छुट्टै वार्ता गर्नुभएको थियो । त्यसैले मलाई यस विषयमा केही पनि थाहा भएन ।’

पछिल्लो समय राजेश हमाल नेकपा माओवादी केन्द्रमा प्रवेश गर्न लागेको चर्चा व्यापक थियो । यो भेटले नेपाली राजनीतिमा चर्चालाई थप बल दिएको छ ।

प्रतिकृया दिनुहोस्

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...